नेभिगेशन
मुख्य समाचार

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौँ । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ ।

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।

CG

उनले भने, “चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ ।”

चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले नै अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नुभएको हो । उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको चलचित्रले नेपालमा प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए ।

“नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ । यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको छ । यो अन्यका लागि प्रेरणा पनि बन्ने छ”, निर्माता श्रेष्ठले भने । 

चलचित्र ‘अञ्जिला’मा खेलाडी सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धी तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको सो चलचित्रले रु नौ करोडको हाराहारीमा व्यापार गर्न सफल भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत

फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत

‘तोकिएको फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गर्न सरकार र रास्वपा एकमत भएका छौँ,’ मन्त्री खरेलले भने, ‘सरकारकोतर्फबाट निर्वाचन तयारीका लागि भइरहेका कामकुराबारे स्पष्ट पार्ने काम भयो ।’
कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

रवि आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक भएकै दिन नै रहेको सो पार्टीको भेलामा धतुरेले रवि सहकारीको रकम अपचलन गरेको अभिव्यक्ति दिएका थिए । पार्टी प्रवेश गरेकै दिन आफ्नो पार्टी...
खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनु पर्ने बताए ।  उनले विकासको नाममा जथाभावी...
कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी...