नेभिगेशन
समाज

शाही स्वागतपछि ट्रम्प–स्टार्मर भेट–प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म

शाही स्वागतपछि अब राजनीति केन्द्रमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग भेट गर्दैछन् । भेटमा प्राविधिक लगानी, इस्पात शुल्क र जटिल कूटनीतिक मुद्दाहरू एजेन्डामा छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार विन्डसर क्यासलमा राजा चार्ल्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गरेका थिए । बेलायती अधिकारीहरूले यो भ्रमणलाई ‘अभूतपूर्व’ भन्दै अमेरिकी राष्ट्रपतिको दोस्रो राजकीय भ्रमणका रूपमा विशेष गौरवका साथ मनाए ।

Ncell
Extreme Energy

अब ट्रम्पलाई १६औँ शताब्दीको ऐतिहासिक चेकर्स म्यानर हाउसमा स्टार्मरले स्वागत गर्ने छन् । पूर्ण औपचारिक गार्ड, स्कटिश परम्परागत ब्यागपाइपर र चर्चिलसँग सम्बन्धित अभिलेख प्रदर्शन गरिनेछ । भोजमा डोभर सोल, लाइम पाई र प्यारासुट टोलीको प्रस्तुति रहनेछ ।

प्राविधिक साझेदारी सम्झौता

दुई नेताले ‘प्राविधिक समृद्धि सम्झौता’ मा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । यस अन्तर्गत एआई, क्वान्टम कम्प्युटिङ र आणविक उर्जामा रोजगारी र लगानी बढ्नेछ ।

अमेरिकी कम्पनीहरूले ३१ अर्ब पाउन्ड (४२ अर्ब डलर) को लगानी गर्ने घोषणा गरिसकेका छन्, जसमा माइक्रोसफ्टबाट मात्र ३० अर्ब डलरको सुरक्षा सुपरकम्प्युटर परियोजना छ । तर डिजिटल सेवा कर र इन्टरनेट नियमनबारे सम्झौता अझै अस्पष्ट छ । मे महिनामा दुवै नेताले अटो र एयरोस्पेस क्षेत्रमा भन्सार शुल्क कम गर्ने व्यापार सम्झौता गरेका थिए । तर इस्पात–एल्युमिनियममा २५  प्रतिशत भन्सार शुल्क शून्यमा झर्ने वाचा अझै पुरा भएको छैन ।

राजनीतिक चुनौती 

स्टार्मरका लागि यो भ्रमण घरेलु राजनीतिक सङ्कटबीच आएको हो ।

उपप्रधानमन्त्री एन्जेला रेनरले कर विवादमा राजीनामा दिएका छन् भने सरकार सुस्त अर्थतन्त्रका कारण दबाबमा छ । विश्लेषकहरूले यो भ्रमण ट्रम्पभन्दा स्टार्मरका लागि कठिन हुने बताएका छन् । एपस्टिन प्रकरणसम्बन्धी प्रश्न पनि सम्भावित चुनौती मानिएको छ । केही दिनअघि मात्र राजदूत पिटर म्यान्डल्सनलाई एपस्टिनसँगको सम्बन्धका कारण पदबाट हटाइएको थियो ।

युक्रेन र मध्यपूर्वमा मतभेद 

युक्रेनबारे ट्रम्प र स्टार्मरबीच असहज छलफल हुने देखिन्छ । स्टार्मरले युरोपेली सहयोग बढाउन जोड दिँदा ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई सम्झौता गर्नुपर्ने बताउनुभएको छ र रुसमाथि नयाँ प्रतिबन्ध लगाउन अनिच्छुक देखिएका छन् । पोल्यान्डमा रूसी ड्रोन आक्रमणलाई उनले  ‘गल्ती हुन सक्छ’ भन्दै कम आँक्ने टिप्पणी गरेका थिए ।

गाजामा इजरायलको युद्धमा पनि फरक दृष्टिकोण छ । स्टार्मरले बेलायत यस महिनाको अन्त्यसम्म प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेका छन् भने ट्रम्पले यसै प्रकारका कदम चालेकाहरूलाई अघिल्लो पटक व्यापारमा दण्डित गर्ने चेतावनी दिएका थिए । शाही स्वागतले सुरु भएको यो भ्रमण अन्ततः कठिन वार्ताहरू र संवेदनशील विषयमा नेताहरूको मतभेदले चिह्नित हुने देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै