नेभिगेशन
मुख्य समाचार

भ्रष्टाचारी र जेनजी आन्दोलनमा दमन गर्नेलाई कडा कारवाही हुनुपर्ने राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई कडा कारवाही हुनुपर्ने स्पष्ट पारेको छ ।

बिहीबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारवाही गर्नुपर्ने भन्दै कारवाही नभए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो ।

जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने पार्टीको दृष्टिकोण रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । त्यस्तै असफल भएको संविधानबाटै कुनै पनि बहानामा मुलुकलाई अघि बढाउने चेष्टा गर्नु मुलुकलाई नै असफल बाटोमा धकेल्नु हो भन्ने धारणा रहेको उनले बताए ।

उनले देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालीन द्वन्दमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्युह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन सबै राजनीतिक शक्तिहरूका बीचमा नविन समझदारी आवश्यक रहेको उल्लेख गरेका छन् ।

जेनजी विद्रोहका दमनकारीहरुलाई तत्काल कारवाही गर्नुपर्ने, पूर्ण समानुपातिक संसद र सांसदले मन्त्री हुन नपाउने व्यवस्था, स्थानीय तह गैरदलीय हुनुपर्ने व्यवस्था पक्षमा राप्रपा रहको अध्यक्ष लिङ्देनले बताए ।

त्यस्तै बैठकले २०४६ पछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको समेत सम्पत्ति छानबिनको माग गरेको छ भने प्रदेश संरचनाको अबिलम्ब खारेजी, प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था, अविभावकीय संस्थाका रुपमा राजसंस्था कायम हुनुपर्ने, पुर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र कायम हुनुपर्ने लगाएतका माग अघि सारेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।