नेभिगेशन
मुख्य समाचार

बारीमा उत्पादित केरा बिक्री नहुँदा किसान मर्कामा

दाङ । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुगेका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन् । सुरुवातमा दुई बिघाबाट केराखेती सुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताए । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए ।

बजारमा दर्जनलाई रु १२० बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने रु २५ दर्जनमा दिँदासमेत नलगेको किसान सुवेदीले बताए । “यो साल केरा बिक्री नहुँदा कारोबार घटेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ”, उनले भने, थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनले बताए ।

CG

उनका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने गरेको उनले बताए । उनले गएका वर्षहरुमा नियमित रुपमा ३५ जना स्थानीयलाई रोजगारी दिने गरेको भए पनि हाल भने तलब दिनसमेत समस्या हुँदा १५ जना मात्रै कामदार आफुसंग रहेको बताए । 

राप्ती केरा प्रवद्र्धन कृषक समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीले अघिल्ला वर्षहरुमा रु सवा करोडसम्मको कारोबार गर्ने र जसबाट रु ३० लाखसम्म बचत गर्दै आएको भए पनि यस वर्ष भने घाटा व्यहोर्ने अवस्था सिर्जना भएको बताए । राप्ती केरा प्रवद्र्धन कृषक समूहमा राप्ती गाउँपालिका–७ भित्रका व्यावसायिक १८ जना केरा किसान आबद्ध छन् । यस वर्ष केरा बिक्रीमा समस्या हुँदा रु १० लाख कम आम्दानी हुने उनको आँकलन छ । 

हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ । त्यसमा केरा अधिक बिक्री हुन्छ । चाडपर्व लच्छित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवालीले बताए । 

ज्ञवालीले पनि व्यावसायिक रुपमा ५० कट्ठामा केराखेती गर्दै आएका छन् । केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उनले बताए । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उनले सुनाए । भारतीय बजारबाट दाङका बजारमा दिनहुँ सस्तो मूल्यमा केरा भित्रिएपछि यस क्षेत्रमा उत्पादन भएको केराले बजार पाउन नसकेको उनको भनाइ छ ।

उनी जस्तै सिसहनिया निवासी गायत्री चौधरीले केरा बिक्री नहुँदा समस्या भएको बताए । दुई बिघा जग्गामा गरेको केराखेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उनले बताए । केरा  बिक्रीका लागि तयार भए पनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीको भनाइ छ । उनले भने, “व्यापारीले दर्जनको रु २० मूल्य दिने गरेका छन्, त्यसरी दिँदा त लगानी नै उठ्दैन, कसरी बिक्री गर्नु ” 

खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मसुरोखेती छाडेर केराखेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको उनको भनाइ छ । मालभोग, हरिसाल, चिनी केरालगायत जातका केरा दाङको ६०० बिघा क्षेत्रफलमा खेती हुने गरेको छ । केराको जात हेरेर रु २५० देखि रु ५०० एउटा केराको बोटमा किसानको लगानी भएको हुन्छ । स्वदेशमा नै उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको केन्द्रीय कार्यालय 'घण्टी घर' पुगे बालेन

रास्वपाको केन्द्रीय कार्यालय 'घण्टी घर' पुगे बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) औपचारिकरुपमा रास्वपा प्रवेश गरेका छन् । काठमाडौँ महानगरपालिकाबाट राजीनामा दिएर आइतबार दिउँसो शाह घन्टी घर पुगेका हुन् ।
सुदन गुरुङ रास्वपा प्रवेश

सुदन गुरुङ रास्वपा प्रवेश

‘यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो,’ गुरुङले भनेका छन् ।
घण्टीघरमा वरिष्ठ नेता बालेन शाहको कार्यकक्ष निर्माण(तस्बिरहरु)

घण्टीघरमा वरिष्ठ नेता बालेन शाहको कार्यकक्ष निर्माण(तस्बिरहरु)

रास्वपाको केन्द्रीय कार्यालय रहेको बनस्थली स्थीत केन्द्रीय कार्यलयमा पार्टीका वरिष्ठ नेता रहेका शाहको कार्यकक्ष नै निर्माण गरिएको हो ।
काठमाडाैँ महानगरबाट बालेनले दिए राजीनामा

काठमाडाैँ महानगरबाट बालेनले दिए राजीनामा

जीनामा गरेर शाह बालेन सिधै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय गएर औपचारिक रुपमा रास्वपा प्रवेश गर्दैछन् ।