नेभिगेशन
समाज

बारीमा उत्पादित केरा बिक्री नहुँदा किसान मर्कामा

दाङ । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुगेका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन् । सुरुवातमा दुई बिघाबाट केराखेती सुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताए । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बजारमा दर्जनलाई रु १२० बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने रु २५ दर्जनमा दिँदासमेत नलगेको किसान सुवेदीले बताए । “यो साल केरा बिक्री नहुँदा कारोबार घटेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ”, उनले भने, थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनले बताए ।

Ncell
Extreme Energy

उनका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने गरेको उनले बताए । उनले गएका वर्षहरुमा नियमित रुपमा ३५ जना स्थानीयलाई रोजगारी दिने गरेको भए पनि हाल भने तलब दिनसमेत समस्या हुँदा १५ जना मात्रै कामदार आफुसंग रहेको बताए । 

राप्ती केरा प्रवद्र्धन कृषक समूहका अध्यक्ष समेत रहनुभएका सुवेदीले अघिल्ला वर्षहरुमा रु सवा करोडसम्मको कारोबार गर्ने र जसबाट रु ३० लाखसम्म बचत गर्दै आएको भए पनि यस वर्ष भने घाटा व्यहोर्ने अवस्था सिर्जना भएको बताए । राप्ती केरा प्रवद्र्धन कृषक समूहमा राप्ती गाउँपालिका–७ भित्रका व्यावसायिक १८ जना केरा किसान आबद्ध छन् । यस वर्ष केरा बिक्रीमा समस्या हुँदा रु १० लाख कम आम्दानी हुने उनको आँकलन छ । 

हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ । त्यसमा केरा अधिक बिक्री हुन्छ । चाडपर्व लच्छित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवालीले बताए । 

ज्ञवालीले पनि व्यावसायिक रुपमा ५० कट्ठामा केराखेती गर्दै आएका छन् । केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उनले बताए । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उनले सुनाए । भारतीय बजारबाट दाङका बजारमा दिनहुँ सस्तो मूल्यमा केरा भित्रिएपछि यस क्षेत्रमा उत्पादन भएको केराले बजार पाउन नसकेको उनको भनाइ छ ।

उनी जस्तै सिसहनिया निवासी गायत्री चौधरीले केरा बिक्री नहुँदा समस्या भएको बताए । दुई बिघा जग्गामा गरेको केराखेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उनले बताए । केरा  बिक्रीका लागि तयार भए पनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीको भनाइ छ । उनले भने, “व्यापारीले दर्जनको रु २० मूल्य दिने गरेका छन्, त्यसरी दिँदा त लगानी नै उठ्दैन, कसरी बिक्री गर्नु ” 

खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मसुरोखेती छाडेर केराखेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको उनको भनाइ छ । मालभोग, हरिसाल, चिनी केरालगायत जातका केरा दाङको ६०० बिघा क्षेत्रफलमा खेती हुने गरेको छ । केराको जात हेरेर रु २५० देखि रु ५०० एउटा केराको बोटमा किसानको लगानी भएको हुन्छ । स्वदेशमा नै उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संविधान संशोधनको बहस चलाउँदै कांग्रेस, आज आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने

संविधान संशोधनको बहस चलाउँदै कांग्रेस, आज आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको बहस अगाडि बढाएको छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ...
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।
कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

अनुगमनका क्रममा स्यार्ल्याक र ल्याक्टोजिन लगायत आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा मात्र बिक्री गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ। यस्ता वस्तुको खुला प्रचारप्रसार गर्ने वा...

भर्खरै