नेभिगेशन
मुख्य समाचार

सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

काठमाडौँ । यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।

गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । हिजो मङ्गलबार प्रतितोला रु दुई हजार ९०० घटेपछि रु दुई लाख ३७ हजारमा कारोबार भएको सुन आज पुनः तोलामा रु सात सय घटेर रु दुई लाख ३६ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

CG

आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला रु दुई हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर रु दुई हजार ९६५ पुगेको हो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनसँगको भेटबारे रवि लामिछाने के भन्छन् ?

बालेनसँगको भेटबारे रवि लामिछाने के भन्छन् ?

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो? भन्ने प्रश्नमा लामिछानले भने, ‘हामी त्यसचरणमा प्रवेश गरेका छैनौँ। पहिले एक अर्कालाई बुझ्नुपर्‍यो । एक अर्कासँग परिस्थिति पारे जानकारी लिने अवस्थामा छौँ,...
उच्चस्तरीय राजनीतिक संवाद समितिद्वारा कांग्रेसको पार्टी कार्यालय निरीक्षण

उच्चस्तरीय राजनीतिक संवाद समितिद्वारा कांग्रेसको पार्टी कार्यालय निरीक्षण

बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेको हो ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
एकैदिन ५ हजार ५ सयले बढ्यो सुनको मूल्य, पुग्यो तोलाकै २ लाख ६७ हजार २०० सय

एकैदिन ५ हजार ५ सयले बढ्यो सुनको मूल्य, पुग्यो तोलाकै २ लाख ६७ हजार २०० सय

आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ ।