नेभिगेशन
सबै कुरा
भेप प्रकरण

महरा बाबुछाेरामाथि अनुसन्धान थाल्न सरकारी वकिलकाे प्रहरीलाई निर्देशन

११ भदाै, काठमाडाै‌ । विद्युतिय चुरोट भेपमा लुकाएर ल्याईएको ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरामाथि पनि अनुसन्धान हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संलग्न सबैमाथि अनुसन्धान कायम राख्ने निर्णय पहिले नै भएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि पोखरेलले जानकारी दिए । उनले भने ‘अगाडि मुद्दा लैजादा नै दफा ३५ बमोजिम खुलिआएको र थप अनुसन्धान गर्नुपर्ने व्यहोरा स्पष्ट पारेका छौँ ।’

Ncell
Extreme Energy


२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर सरकारकी वकिलको कार्यालयले योजनकार किटान गरिएपनि बयान नलिएको कारण थप अनुसन्धान गर्र्नुपर्ने बताएको छ । 

सीआईबीकाे अनुसन्धानले सुन आयातकर्ता मध्ये कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरा भएको देखाएपनि उनीहरुसँग सामान्य सोधपुछ पनि भएको छैन । 

तर केही दिनअघि ६० किलो सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने विषयमा दलहरुबिच भएको दुई बुँदे सहमतिमा यो प्ररकणमा पनि अनुसन्धान हुने उल्लेख गरिएको छ ।  

तस्करी गरेर ल्याउँदै गरेको सुन विमानस्थल भन्सार बाट चोरेर ९ करोडमा विक्री गर्ने ६ जना भने कारागार चलान भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...