नेभिगेशन
समाज

भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

काठमाडौँ । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।

Ncell
Extreme Energy

त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । जेन जी २.० समूहका प्रवक्ता अविन लिम्वुले गृहमन्त्रीको छलफलका क्रममा जेनजी आन्दोलनमा भएका घटनाको दोषिलाई कारवाही गर्न माग गरिएको बताएका छन् ।

त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफुहरुले बताएको उनले बताए । लिम्वुले आफुहरुको समूहको देशभर विस्तार गरिएको जानकारी दिए ।

जेन जी टु ले आगामी मंसिर १२ गते माइतिघरमा शहीदहरुको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगाएत अन्य मन्त्रीहरुलाई माइतिघरमा नै जेनजीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...