नेभिगेशन
मुख्य समाचार

भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

काठमाडौँ । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको छ ।

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।

CG

त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । जेन जी २.० समूहका प्रवक्ता अविन लिम्वुले गृहमन्त्रीको छलफलका क्रममा जेनजी आन्दोलनमा भएका घटनाको दोषिलाई कारवाही गर्न माग गरिएको बताएका छन् ।

त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफुहरुले बताएको उनले बताए । लिम्वुले आफुहरुको समूहको देशभर विस्तार गरिएको जानकारी दिए ।

जेन जी टु ले आगामी मंसिर १२ गते माइतिघरमा शहीदहरुको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगाएत अन्य मन्त्रीहरुलाई माइतिघरमा नै जेनजीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीका अनुसार विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौँ नै आउनुपर्ने विद्यार्थीको बाध्यता रहेको छ । उनले भने,...
नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

सोमबार रास्वपाका वरिष्ठ नेता शाह नेपालगञ्ज विमानस्थल भएर सुदुरपश्चिम जानलागेका हुन । साह नेपालगञ्ज भएर सुदुरपश्चिम जाँदैछन् भन्ने कुरा थाहा पाएपछि बालेनका समर्थक र शुभेच्छुकहरु उनको स्वागतमा विमानस्थलमै...
सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा होमीएका हुन । कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर...
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो पटक  ६ जना प्रत्यक्ष उम्मेदवार

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो पटक  ६ जना प्रत्यक्ष उम्मेदवार

यस अवसरमा सोमबार पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन...