नेभिगेशन
समाज

चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

काठमाडौँ । चलचित्रकर्मीहरूले चलचित्र विकास बोर्डलाई स्वतन्त्र र स्वायक्त बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उनीहरुले पछिल्लो समय चलचित्र मनोरञ्जनसँगै उद्योगका रूपमा स्थापित भएकले राज्यले सोहीअनुसार प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकार भएकाहरूसँग सुझाव सङ्कलन गरिएको थियो । सुझाव सङ्कलनका क्रममा आज चलचित्रकर्मी, निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित विभिन्न नौ सङ्घसंस्थाका प्रतिनिधिले बैठकमा सुझाव दिएका हुन् ।

Ncell
Extreme Energy

चलचित्र निर्देशक केपी पाठक, कलाकार एवं निर्माता खगेन्द्र लामिछाने, चलचित्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समिर बलामीलगायतले नेपाली चलचित्रलाई अन्य देशसँग सम्झौता गर्ने नीति अवलम्बन गर्नुपर्ने धारणा राखे । नेपालको चलचित्र जाँचबुझ समिति९सेन्सर बोर्ड० लचिलो र  सहज हुनुपर्ने उनीहरुको मागथियो ।

पत्रकार बलामीका अनुसार पछिल्लो समय चलचित्रले राज्यलाई दिने राजस्वमा वृद्धि आएको जनाउँदै चलचित्रको क्षेत्रमा राज्यको लगानी अप्रयाप्त रहेको बताए । निर्माता सङ्घका महासचिवसमेत रहनुभएका कलाकार लामिछानेले अरु देशमा उद्योग व्यवसायका लागि सम्भौता हुने गरेको उदाहरण दिँदै नेपालमा यस्तो अभ्यास हुन आवश्यक रहेकामा जोड दिए ।

चलचित्र नेपाल कलाकार सङ्घका मोहन निरौलाले चलचित्र विकास बोर्ड स्वायक्त रूपमा सञ्चालन हुनेपर्ने बताए । छलफलपछि चलचित्रसँग सम्बन्धित नौवटा संस्थाले बनाएका प्रतिवेदन सभापति तुलसाकुमारी दाहाललाई हस्तान्तरण गरेका छन् । सभापति दाहालले आइतबार बुझाइएको प्रतिवेदनमाथि आवश्यक संशोधन गरेर सात दिनभित्र अन्तिम प्रतिवेदन बुझाउन आग्रह गर् ।

उनले विधान समितिमा मङ्सिर ९ गतेदेखि चलचित्र विधेयक उपर दफाबार छलफल हुने जानकारी दिइन । त्यसपछि राष्ट्रियसभामा विधेयक छलफल हुने बताइन । उनले यसबीच सरोकार भएकासँग राय सुझाव लिएर चलचित्रको हकअधिकारसम्बन्धी विधेयक बनाउन समितिले जोड दिएको पनि बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...

भर्खरै