नेभिगेशन
समाज

जेनजी युवाहरुको मर्म र भावना अनुसार नयाँ पार्टी गठन गरिएको होः बाबुराम भट्टराई

काठमाडौँ । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी आन्लोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेनजी युवाहरुको मर्म र भावना अनुसार जेनजी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन । उनले जनेजी युवाहरुको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको भन्दै त्यसो हुन नसके नेपाल विश्वसंगै अघि बढ्न नसक्ने धारणा राखे ।

Ncell
Extreme Energy

प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी पुस्तासंग जोडिएको पार्टी भएकाले युवाहरु नै पार्टीको नेतृत्व लिनुपर्ने उनले बताए । भट्टराईले अहिले कम्युनिष्टमा ठग प्रवृति देखिएकाले धेरै दिन नटिक्ने तर्क गरे । धरापमा परेको लोकतन्त्र र जटिल भूराजनीतिक अवस्थाबाट देशलाई बढाउनका लागि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने उनले बताए ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधिशको भक्ति गर्न छाडेर नयाँ पार्टीमा सामेल भएको बताए । राजनीतिक दलका नेता तथा कार्यकर्ताको भ्रष्टिकरण, परिवारवाद, सत्ताको कुर्सीको खेलका कारण देश अर्थराजनीतिको संकटको भूमरीमा परेका कारण युवाहरुमा चरम निराशा छाएको र त्यसका कारण जेनजी आन्दोलन भएको उनले बताए ।

संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन नसकेको उनले बताए । उनले पार्टीले निकट भविष्यमा राजनीतिक पुरसंरचना सम्मेलनको आयोजना गर्ने जानकारी दिए ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले नयाँ पार्टीले समावेशी सामूहिकता नेतृत्वको बिकास गरेको र सामूहिकताबाट नै जनतालाई केन्द्रमा राखेर लोकतन्त्रलाई बलियो बनाउने बताए । जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना खोलिदिएको भन्दै उनले राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने अवस्था सिर्जना भएको धारणा व्यक्त गरे ।

त्यस्तै नेता राम कार्कीले विचारबाट सशक्त भएर म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न ‘जेनजी’ पुस्तालाई सुझाव दिनुभयो । नेता सुदन किरातीले देशमा रहेका समग्र जनताको तस्बिर अब आफ्नो दलमा पाइने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...