नेभिगेशन
मुख्य समाचार

जेनजी युवाहरुको मर्म र भावना अनुसार नयाँ पार्टी गठन गरिएको होः बाबुराम भट्टराई

काठमाडौँ । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी आन्लोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन् ।

आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेनजी युवाहरुको मर्म र भावना अनुसार जेनजी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन । उनले जनेजी युवाहरुको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको भन्दै त्यसो हुन नसके नेपाल विश्वसंगै अघि बढ्न नसक्ने धारणा राखे ।

CG

प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी पुस्तासंग जोडिएको पार्टी भएकाले युवाहरु नै पार्टीको नेतृत्व लिनुपर्ने उनले बताए । भट्टराईले अहिले कम्युनिष्टमा ठग प्रवृति देखिएकाले धेरै दिन नटिक्ने तर्क गरे । धरापमा परेको लोकतन्त्र र जटिल भूराजनीतिक अवस्थाबाट देशलाई बढाउनका लागि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने उनले बताए ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधिशको भक्ति गर्न छाडेर नयाँ पार्टीमा सामेल भएको बताए । राजनीतिक दलका नेता तथा कार्यकर्ताको भ्रष्टिकरण, परिवारवाद, सत्ताको कुर्सीको खेलका कारण देश अर्थराजनीतिको संकटको भूमरीमा परेका कारण युवाहरुमा चरम निराशा छाएको र त्यसका कारण जेनजी आन्दोलन भएको उनले बताए ।

संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन नसकेको उनले बताए । उनले पार्टीले निकट भविष्यमा राजनीतिक पुरसंरचना सम्मेलनको आयोजना गर्ने जानकारी दिए ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले नयाँ पार्टीले समावेशी सामूहिकता नेतृत्वको बिकास गरेको र सामूहिकताबाट नै जनतालाई केन्द्रमा राखेर लोकतन्त्रलाई बलियो बनाउने बताए । जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना खोलिदिएको भन्दै उनले राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने अवस्था सिर्जना भएको धारणा व्यक्त गरे ।

त्यस्तै नेता राम कार्कीले विचारबाट सशक्त भएर म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न ‘जेनजी’ पुस्तालाई सुझाव दिनुभयो । नेता सुदन किरातीले देशमा रहेका समग्र जनताको तस्बिर अब आफ्नो दलमा पाइने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माघ लागेपछि किसानले बल्ल सुन्तला टिप्न थाले

माघ लागेपछि किसानले बल्ल सुन्तला टिप्न थाले

यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा उत्पादन हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम...
बालेनको निर्वाचन क्षेत्रमा सुरु भयो रास्वपाकाे घरदैलो

बालेनको निर्वाचन क्षेत्रमा सुरु भयो रास्वपाकाे घरदैलो

आज बिहान दमक ९ स्थित उराव बस्तीबाट सुरू भएको घरदैलो पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै समापन गरिएको थियो...
आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न असहज हुनेः अर्थमन्त्री खनाल

आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न असहज हुनेः अर्थमन्त्री खनाल

उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए । अर्थतन्त्रलाई टेवा पुग्नेगरी आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने स्पष्ट नीति...
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित

महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित

दुई अङ्क जोडेको नेपाल  समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अङ्कका साथ सुपर सिक्सको यात्रा तय गरेको छ ।