नेभिगेशन
समाज

एन्फाद्वारा ए डिभिजन क्लब र खेलाडी संग छलफल

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन क्लब र खेलाडी संघसंग छलफल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको त्रिपक्षीय छलफल ए डिभिजन लिगलाई अघि बढाउने बिषयका केन्द्रीत भएको थियो । छलफलपछि हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले त्रिपक्षीय छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिए । उनले सानो टीम बनाएर सोमबारदेखि छलफलमा बस्ने बताए ।

Ncell
Extreme Energy

लिग सञ्चालनमा देखिएका समस्या लगाएतका बिषयमा निरन्तर छलफल गरेर निष्कर्षमा पुग्ने उनको  भनाइ छ । त्यस्तै एन्फा महासचिव किरण राईले त्रिपक्षीय छलफल भएको र आगामी दिनमा लिगलाई कसरी अघि बढाउने भन्नेबारे गृहकार्य गर्न संयुक्त समिति बनाइएको र समितिले निरन्तर छलफल गरेर ड्राफ्ट तयार पार्ने जानकारी दिए ।

उनले लिग गर्न एन्फा तयार रहेको भन्दै व्यवस्थापनका बारेमा एकरुपताका साथ अघि बढ्ने बताए । यसअघि ए डिभिजन क्लबले पूर्व सहमति अनुसार राष्ट्रिय लिग गर्नुपर्ने माग राखेको थियो भने खेलाडी संघले क्यालेन्डरमा उल्लेख भएअनुसार पुषबाटै ए डिभिजन लिग गर्नुपर्ने माग राख्दै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...