नेभिगेशन
मुख्य समाचार

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो ।

सुनकोटका रूपमा परिचित बेनिकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिने गरेको स्थानीय कृषक लेखबहादुर थापाले बताए । जोखिमपुर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको उनको भनाइ छ ।

CG

उनले भने, “यहाँ सुन्तलाका बोट नभएका घर छैनन् । एक घरमा कम्तिमा २० बोटदेखि बढीमा आठ सय बोटसम्म लगाएर व्यवसायिक रूपमा खेती गर्दै आएका छन् ।”

यतिबेला सुन्तला किनबेचका लागि गाउँमा ठेकेदार पुगेर खरिद गरी गाडीमार्फत काठमाण्डौँ, चितवन, पोखरासम्म ढुवानी गरिरहेका थापाले बताए ।

मङ्सिरको पहिलो सातासम्म किसान धान भित्र्याउन व्यस्था भएकाले यतिबेला करोडौँको सुन्तला बिक्री व्यस्त देखिन थालेका छन् । कृषक फलबहादुर थापाले सबैभन्दा बढी रु १६ लाख ५० हजारको सुन्तला बेचेको बताए । उनी सोही वडास्थित सिद्धबेनी माविका पूर्वशिक्षक पनि हुन ।

स्थानीय तारा थापाले यस वर्ष रु तीन लाख ८० हजार र कालबहादुर रानाले रु चार लाखको सुन्तला बेचेको जानकारी दिइन । सुन्तला खरिद गर्न ठेकेदार गाउँमा पुग्ने गरेकाले केही सहज भएको उनको भनाइ छ ।

ताराले भनिन्, “सुन्तलाको मोलमोलाइ गरेपछि बोट किन्ने प्रचलन छ । मूल्य कायम भएपछि सम्बन्धित ठेकेदारले फल टिप्ने र ढुवानी गरेर लैजाने हुँदा बिक्रीमा सहज भएको छ”,।

स्थानीय कृषक मनसिंह थापाले रु दुई लाख १० हजारको सुन्तला बेचेका छन् । सुन्तला खेतीगर्न थालेपछि बारीमा बर्सेनि बिरुवा विस्तार गर्न थालेको उनले बताए । दिनबहादुर थापाले रु तीन लाखको सुन्तला बेचेका छन् ।

घरमा फल खरिद गर्ने व्यापारी आउने भएकाले बिक्री तथा ढुवानीको समस्या नभएको उनको भनाइ छ । “सडक असहज हुँदा खरिदकर्ताले गुनासो गर्ने गरेका छन्”, उनले भने, “सडकका कारण खरिदकर्ताले ढुवानीमा कठिनाइ भोग्नु परेको छ ।”

यसवर्ष यहाँका अधिकांश सुन्तलाका बोटमा रोग लागेकाले उत्पादनमा कमी आएको कोटगाउँका दिपक थापाले बताए । उनले भने, “पुराना र रोगी बिरुवा हटाएर नयाँ बिरुवा लगाउने योजना बनाएको छु ।”

बेनीकोटका स्थानीयले यस वर्ष रु दुई करोड बढी सुन्तलाबाट आम्दानी गरेका छन् । सुन्तलाखेतीको रूपमा परिचित यो स्थान सदरमुकाम दमौलीबाट सात किलोमिटरको दूरीमा पर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन आचारसंहिता आज  मध्यरातदेखि लागू हुँदै

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

निर्वाचन आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले...
निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

आइतबार सो विषयको छलफलका लागि प्रमुख निर्वाचन आयुक्त सहितको टोली बालुवाटार पुगेको हो ।
नेप्से परिसूचक ३१ अङ्कले वृद्धि

नेप्से परिसूचक ३१ अङ्कले वृद्धि

आइतबार ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ४० करोड २७ लाख ९७ हजार...
आफुले अहिलेसम्म चूनाव लड्ने वा नलड्ने कुनै निर्णय गरेको छैनः मन्त्री खरेल

आफुले अहिलेसम्म चूनाव लड्ने वा नलड्ने कुनै निर्णय गरेको छैनः मन्त्री खरेल

आइतबार सिंहदरबारमा मन्त्रपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खरेलले आजका दिनसम्म आफुले चूनाव लड्ने वा नलड्ने भन्ने कुनै निर्णय नगरेको बताएका हुन । आफुले चूनाव लड्ने वा नलड्ने भन्ने...