नेभिगेशन
समाज

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ १२ पैसा र बिक्रीदर १९३ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ १८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।

Ncell
Extreme Energy

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ १० पैसा र बिक्रीदर ९६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४४ पैसा र बिक्रीदर २० रूपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५४ पैसा र बिक्रीदर चार रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८० पैसा र बिक्रीदर नौ रूपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६४ पैसा र बिक्रीदर २२ रूपैयाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १८ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रूपैयाँ ३६  पैसा छ ।

भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
युएफसी छनोट: फिलिपिन्सका अलिन्टोजोनलाई नकआउट गर्दै  रविन्द्रको विजयी सुरुवात

युएफसी छनोट: फिलिपिन्सका अलिन्टोजोनलाई नकआउट गर्दै रविन्द्रको विजयी सुरुवात

बिहीबार भएको आफ्नो पहिलो प्रतिस्पर्धामा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गरेका हुन्। मकाउको ग्यालेक्सी एरेनामा भएको खेलमा ढाँटले प्रतिस्पर्धाको पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धि रहेका फिलिपिन्सका अलिन्टोजोनलाई नकाउट हानेका हुन्।
एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने टोलीको विदाई

एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने टोलीको विदाई

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली उत्साहित रहेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।
जीवन बिमा शुल्कबाट १ खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट १ खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड बराबर पुगेको छ । गत...
मानव अधिकार आयोगको प्रतिवेदनबारे धारणा सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग

मानव अधिकार आयोगको प्रतिवेदनबारे धारणा सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग

कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनका विषयमा सरकारको धारणा माग गरेका हुन् । ‘राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश बारे सरकारले आफ्नो जवाफदेहितालाई अंगीकार गर्दै...