नेभिगेशन
समाज

सुनको मूल्य प्रतिताेला २ लाख ६८ हजार पुग्यो

काठमाडौँ ।  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । 

Ncell
Extreme Energy

गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३००मा र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु चार हजार २३५मा कारोबार भएको थियो । मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा किनबेच भएको थियो ।

अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।