नेभिगेशन
मुख्य समाचार

सुनको मूल्य प्रतिताेला २ लाख ६८ हजार पुग्यो

काठमाडौँ ।  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । 

CG

गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३००मा र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु चार हजार २३५मा कारोबार भएको थियो । मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा किनबेच भएको थियो ।

अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उच्च स्तरीय राजनीतिक वार्ता समिति रास्वपा पार्टी कार्यालयमा (तस्विरहरु)

उच्च स्तरीय राजनीतिक वार्ता समिति रास्वपा पार्टी कार्यालयमा (तस्विरहरु)

उच्च स्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको अनुगमन गरेको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

बुधबार ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५...
३ मन्त्रालय सम्हालेको १०० दिनको अवसरमा कुलमानले सार्वजनिक गरे १०१ काम (सूचीसहित)

३ मन्त्रालय सम्हालेको १०० दिनको अवसरमा कुलमानले सार्वजनिक गरे १०१ काम (सूचीसहित)

मन्त्री घिसिङले काम नगर्ने संरचना, जिम्मेवारी नबोक्ने प्रवृत्ति र जनहितविरुद्धका कुनै पनि गतिविधिसँग सम्झौता नगर्ने स्पष्ट पारे । त्यस्तै मन्त्री घिसिङले आगामी चुनावपछिको नेतृत्व सही आउनका लागि सबैले...
सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा

सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा

समितिका संयोजक र सदस्यसहितको टोलीले आज जनमत पार्टीको कार्यालय अनुगमन गरी निर्वाचनसम्बन्धी छलफल गरेको हो । छलफलपछि उद्योग, पर्यटन र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री अनिल सिन्हाले आगामी...