नेभिगेशन
मुख्य समाचार

पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पाँचौ पटक मन्त्रीमण्डल बिस्तार गरेकी छिन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । 

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले आजै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शर्मा नेपाली सेनाका पूर्वरथी हुन् । 

CG

मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अङ्गका प्रमुखको सहभागिता थियो ।

नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका उनी प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्थे । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा थिए ।...
मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने...
केपी शर्मा ओली र मन्त्री खरेलबीच भेटवार्ता

केपी शर्मा ओली र मन्त्री खरेलबीच भेटवार्ता

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन् ।
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता होस् सभापति देउवा

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता होस् सभापति देउवा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए ।

भर्खरै