नेभिगेशन
समाज
रास्वपा आन्तरिक निर्वाचन २०८२

रास्वपाको ऐतिहासिक कदम: समानुपातिक उम्मेदवार छान्न सुरु भयो मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आज बिहान ७ बजेदेखि आन्तरिक ‘प्राइमरी इलेक्सन’ सुरु गरेको छ । रास्वपाको मोबाइल एपमार्फत भोलि साँझ ७ बजेसम्म मतदान गर्न सकिने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगको नयाँ क्लस्टर अनुसार रास्वपाले ११० जनाको बन्दसूची तयार गर्न नेपालको राजनीतिक इतिहासमै पहिलो पटक आन्तरिक निर्वाचन गरिहेको छ । 

Ncell
Extreme Energy

मतदानका लागि खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम क्लस्टर छुट्याएर उम्मेदवारहरु समेटिएका छन् । तीमध्ये ५७ जना महिला उम्मेदवार अनिवार्य गर्दै छ।

मतदानका क्रममा हरेक क्लस्टरका कम्तीमा १० प्रतिशत उम्मेदवार छान्नुपर्नेछ भने अधिकतम ११० जनासम्म मतदान गर्न सकिनेछ । 

रास्वपाको मोवाइल एपबाट मतदान गर्दा ओटिपी प्रणाली प्रयोग भैरहेको छ । एक  पटक लगिन गरेर मतदानको प्रक्रियामा छिरेपछि मोवाइलमा आएको ओटिपी तीन घण्टासम्म वैध रहने छ भने एक सदस्यले एक पटक मात्रै मतदान गर्न पाउने छन् ।
यो अभ्यासलाई नेपाली राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रमा ग्राउन्डब्रेकिङ कदमका रूपमा लिइएको छ । पुस ५ गतेसम्म नेपालभित्र वा बाहिरबाट पार्टी सदस्य बनेकाले मात्र मतदान गर्न पाउनेछन् । 

यसरी गर्न सकिन्छ रास्वपाका समानुपातिक उम्मेदवारलाई मतदान :

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।