नेभिगेशन
मुख्य समाचार
रास्वपा आन्तरिक निर्वाचन-२०८२

रविको कानुनी लडाइँमा अनवरत खटिएकी प्रतिभा रावल रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

काठमाडौँ । रास्वपाका समानुपातिक उम्मेदवार आकांक्षीबीच निर्वाचन जारी छ । आज बिहान ७ बजेबाट सुरु भएको अनलाइन मतदान आइतबार साँझ ७ बजेसम्म चल्ने छ । नेपालको इतिहासमै पहिलो पटक रास्वपाले समानुपातिक उम्मेदवार आन्तरिक निर्वाचनबाट छान्दै छ ।  

समानुपातिक उम्मेदवारका लागि ३ सय ८९ जना निर्वाचनमा सहभागी भएका छन् । ३६ घण्टा चल्ने मतदानपछि उम्मेदवारले प्राप्त गर्ने मतका आधारमा आउने अंक र अन्य प्रक्रियाबाट प्राप्त गर्ने अंक जोडेर प्राप्त कुल अंकका आधारमा १ सय १० जना छनोट हुने छन् । 

CG

समानुपातिक उम्मेदवारका लागि रास्वपाका वडा देखि केन्द्रीय तहसम्मका नेताहरु आकांक्षी देखिएका छन् । साथै प्रावसबाट पनि रास्वपाको समानुपातिक उम्मेदवारका लागि आकांक्षीहरु छन् । 

रास्वपाका सहप्रवक्ता समेत रहेकी प्रतिभा रावल समानुपातिक उम्मेदवारको आकांक्षी छिन् । पार्टी जिम्मेवारीसहित सभापति रवि लामिछानेको सचिवालय प्रमुख समेत रहेकी रावल लामिछानेको कानुनी प्रक्रियाका लागि पूर्णरुपमा खटिएकी रास्वपा नेता हुन् । रावलले  लामिछानेको सचिवालय व्यवस्थापन सँगै रास्वपाको जनसम्पर्क सुदृढीकरण र सार्वजनिक सरोकारका मुद्दाको पैरवीमा योगदान गर्दै आएकी छिन् ।

पार्टी सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा स्वकीय सचिवालय सदस्यको रूपमा रावलले मिटर ब्याज पीडितको न्याय,  विदेशमा अलपत्र नेपालीको उद्धार, अन्तर मन्त्रालय समन्वय, नीति(योजना निर्माण तथा कार्यान्वयनजस्ता कामको नेतृत्व गरिन्। उनले छोटो समयमा राज्य प्रशासनसम्बन्धी राम्रो ज्ञान र अनुभव हासिल गरेकी छन्।

रास्वपाका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अनावश्यक मुद्दा लगाई बन्दी बनाइएपछि, लामिछानेको पक्षमा दृढतापूर्वक उभिएर कानुनी लडाइँ लड्ने नेतामध्ये एक हुन् । 
 नेतृत्व जोगाउन सके मात्र रास्वपा र यसले सुरु गरेको नयाँ राजनीतिक अभ्यास जोगिने उनको प्रष्ट बुझाइ छ। 

सुदूरपश्चिमको कञ्चनपुर जिल्लालाई प्रतिनिधित्व गर्ने रावलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातक र भारतको चेन्नईस्थित एसियन कलेज अफ जर्नालिजमबाट प्रिन्ट मिडियामा 'Post Graduate Diploma' गरेकी छिन। उनीसँग पत्रकारिताको १४ वर्षे अनुभव छ। 

पत्रकारिताको यात्रामा उनले रिपब्लिका, हिमाल साउथ एसियन म्यागेजिन, साउथ एसिया चेकजस्ता संस्थाहरूसँग काम गरिन्। ग्यालेक्सी टेलिभिजनको ‘लालमोहर’ कार्यक्रमकी निर्मातासहित उनले रवि लामिछानेको सिधा कुरा कार्यक्रममा समेत विभिन्न भूमिका निर्वाह गरी भुईँ मान्छेलाई जोडेर पत्रकारिता गरेकी छन्। 

रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएपछि राजनीतिमा होमिएकी रावल समाजमा रहेको अन्याय, बेथिति र विसङ्गतिको अन्त्य तथा विशेष गरी अपाङ्गता र विशेष क्षमता भएका बालबालिका एवं नागरिकको हकहित सुरक्षित गर्ने सवालमा देखिएको रिक्तताले पनि आफूलाई राजनीतिको मार्गमा ल्याएको बताउँछिन्।

रावलकी एकमात्र छोरी आहानालाई अटिजम छ। उनी बोल्न सक्दिनन्। ९ वर्षकी आहानालाई जीवनभर उनका बाबुआमाको निरन्तर सहयोग आवश्यक छ। रावल भन्छिन्स् 'यो पीडा र जिम्मेवारी केवल मेरो परिवारसम्म सीमित छैन। मेरी छोरीजस्तै विशेष आवश्यकता भएका बालबालिकाका अभिभावक बन्न सक्ने, उनीहरूको सम्मान, अधिकार र भविष्य सुनिश्चित गर्ने कल्याणकारी राज्य निर्माण गर्नु पनि मेरो राजनीतिमा आउनुको एक प्रमुख उद्देश्य हो।' 

जनकेन्द्रित इमानको राजनीतिले देश र नागरिकको अवस्था परिवर्तन हुनेमा विश्वस्त रहेकी रावललाई रास्वपाले नीति र कानून निर्माणको तहमा पुर्याउनु पर्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६, पौवाडाँडामा १८ असोज १९९४ विसंमा जन्मनुभएका स्वामी परमानन्द सरस्वतीले सानै उमेरदेखि सन्यास मार्ग अँगाल्दै जीवनभर वैदिक धर्म, संस्कृत शिक्षा र समाजसेवामा आफूलाई समर्पित गर्नुभयो...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाका केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभाका पूर्व सदस्य हरि ढकालले चुनाबमा जसरी पनि विजय हुन अर्को दलको चुनाब चिन्हमा उम्मेदवार बन्ने प्रवृत्ति जनता माथिको धोका रहेको बताएका...
विदेशीको योजनामा नयाँ राजनीतिक दल खुले, देश दुर्घटनामा जान सक्छः राजेन्द्र लिङ्देन

विदेशीको योजनामा नयाँ राजनीतिक दल खुले, देश दुर्घटनामा जान सक्छः राजेन्द्र लिङ्देन

त्यस्तै लिङ्देनले चूनाव नै नभएको अवस्थामा केहि नयाँ भन्नेहरुले प्रधानमन्त्री पद बाँडफाँड गर्न लागेको तर्क गरे । मुलुकको वर्तमान अवस्था र संविधानबाट देशलाई दुर्घटनाबाट जान रोक्न नसकिने उनले...