नेभिगेशन
मुख्य समाचार

रोल्पाकी क्रान्तिशिखा: रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

काठमाडौँ । रास्वपाका समानुपातिक उम्मेदवार आकांक्षीबीच निर्वाचन जारी छ । आज बिहान ७ बजेबाट सुरु भएको अनलाइन मतदान आइतबार साँझ ७ बजेसम्म चल्ने छ । नेपालको इतिहासमै पहिलो पटक रास्वपाले समानुपातिक उम्मेदवार आन्तरिक निर्वाचनबाट छान्दै छ ।  

समानुपातिक उम्मेदवारका लागि ३ सय ८९ जना निर्वाचनमा सहभागी भएका छन् । ३६ घण्टा चल्ने मतदानपछि उम्मेदवारले प्राप्त गर्ने मतका आधारमा आउने अंक र अन्य प्रक्रियाबाट प्राप्त गर्ने अंक जोडेर प्राप्त कुल अंकका आधारमा १ सय १० जना छनोट हुने छन् । 

CG

समानुपातिक उम्मेदवारका लागि रास्वपाका वडा देखि केन्द्रीय तहसम्मका नेताहरु आकांक्षी देखिएका छन् । साथै प्रावसबाट पनि रास्वपाको समानुपातिक उम्मेदवारका लागि आकांक्षीहरु छन् । 
रास्वपाकी केन्द्रीय सदस्य तथा रास्वपाको वाचापत्र लेखन कार्यदलकी सदस्य क्रान्तिशिखा धिताल पनि समानुपातिक उम्मेदवारको आकांक्षी छिन् । 

रोल्पाको जिनावाङबाट दाङ हुँदै काठमाडौंसम्म आउँदा आफूले देखेको र भोगेको समाजलाई परिवर्तनका लागि राज्यमा हस्तक्षेपकारी, नीतिगत र रूपान्तरणकारी भूमिका निर्वाह गर्नुका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । 

पूर्व पत्रकार समेत रहेकी धितालले मनोविज्ञानमा स्नातक अध्ययन, पत्रकारितामा डिप्लोमा र शान्ति, द्वन्द्व तथा विकासमा स्नातकोत्तर अध्ययन गरेकी छिन् । रास्वपा नेतृसँगै मनोसामाजिक परार्मशदाता समेत रहेकी धिताल सामाजिक तथा राजनीतिक विषयमा स्तम्भकार समेत हुन् । 
विशेषगरी मानसिक स्वास्थ्यको सवाललाई राज्यको जिम्मेवारी र राष्ट्रिय एजेन्डाको रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछीन् । 

धिताल पार्टीको नीतिगत दिशानिर्देश तय गर्ने प्रक्रियामा सक्रिय छिन् । रास्वपाको प्रस्तावना,  वाचापत्र   लेखनदेखि विधान संशोधनसम्म प्रत्यक्ष भूमिका खेलेकी धिताल आफू वैचारिक स्पष्टता र विधिसम्मत परिवर्तनको पक्षमा रहेको बताउँछीन् ।

परिवर्तन केवल भाषण वा घोषणामा नभई जनताको विश्वासमा आधारित हुन्छ भन्ने मान्यता राख्ने धिताल यही विश्वास र अनुभवको आधारमा दीर्घकालीन, न्यायपूर्ण र समावेशी परिवर्तन लागि आफ्नो उम्मेदवारी रहेको बताउँछीन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६, पौवाडाँडामा १८ असोज १९९४ विसंमा जन्मनुभएका स्वामी परमानन्द सरस्वतीले सानै उमेरदेखि सन्यास मार्ग अँगाल्दै जीवनभर वैदिक धर्म, संस्कृत शिक्षा र समाजसेवामा आफूलाई समर्पित गर्नुभयो...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाका केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभाका पूर्व सदस्य हरि ढकालले चुनाबमा जसरी पनि विजय हुन अर्को दलको चुनाब चिन्हमा उम्मेदवार बन्ने प्रवृत्ति जनता माथिको धोका रहेको बताएका...
विदेशीको योजनामा नयाँ राजनीतिक दल खुले, देश दुर्घटनामा जान सक्छः राजेन्द्र लिङ्देन

विदेशीको योजनामा नयाँ राजनीतिक दल खुले, देश दुर्घटनामा जान सक्छः राजेन्द्र लिङ्देन

त्यस्तै लिङ्देनले चूनाव नै नभएको अवस्थामा केहि नयाँ भन्नेहरुले प्रधानमन्त्री पद बाँडफाँड गर्न लागेको तर्क गरे । मुलुकको वर्तमान अवस्था र संविधानबाट देशलाई दुर्घटनाबाट जान रोक्न नसकिने उनले...