नेभिगेशन
समाज

रोल्पाकी क्रान्तिशिखा: रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

काठमाडौँ । रास्वपाका समानुपातिक उम्मेदवार आकांक्षीबीच निर्वाचन जारी छ । आज बिहान ७ बजेबाट सुरु भएको अनलाइन मतदान आइतबार साँझ ७ बजेसम्म चल्ने छ । नेपालको इतिहासमै पहिलो पटक रास्वपाले समानुपातिक उम्मेदवार आन्तरिक निर्वाचनबाट छान्दै छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समानुपातिक उम्मेदवारका लागि ३ सय ८९ जना निर्वाचनमा सहभागी भएका छन् । ३६ घण्टा चल्ने मतदानपछि उम्मेदवारले प्राप्त गर्ने मतका आधारमा आउने अंक र अन्य प्रक्रियाबाट प्राप्त गर्ने अंक जोडेर प्राप्त कुल अंकका आधारमा १ सय १० जना छनोट हुने छन् । 

Ncell
Extreme Energy

समानुपातिक उम्मेदवारका लागि रास्वपाका वडा देखि केन्द्रीय तहसम्मका नेताहरु आकांक्षी देखिएका छन् । साथै प्रावसबाट पनि रास्वपाको समानुपातिक उम्मेदवारका लागि आकांक्षीहरु छन् । 
रास्वपाकी केन्द्रीय सदस्य तथा रास्वपाको वाचापत्र लेखन कार्यदलकी सदस्य क्रान्तिशिखा धिताल पनि समानुपातिक उम्मेदवारको आकांक्षी छिन् । 

रोल्पाको जिनावाङबाट दाङ हुँदै काठमाडौंसम्म आउँदा आफूले देखेको र भोगेको समाजलाई परिवर्तनका लागि राज्यमा हस्तक्षेपकारी, नीतिगत र रूपान्तरणकारी भूमिका निर्वाह गर्नुका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । 

पूर्व पत्रकार समेत रहेकी धितालले मनोविज्ञानमा स्नातक अध्ययन, पत्रकारितामा डिप्लोमा र शान्ति, द्वन्द्व तथा विकासमा स्नातकोत्तर अध्ययन गरेकी छिन् । रास्वपा नेतृसँगै मनोसामाजिक परार्मशदाता समेत रहेकी धिताल सामाजिक तथा राजनीतिक विषयमा स्तम्भकार समेत हुन् । 
विशेषगरी मानसिक स्वास्थ्यको सवाललाई राज्यको जिम्मेवारी र राष्ट्रिय एजेन्डाको रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछीन् । 

धिताल पार्टीको नीतिगत दिशानिर्देश तय गर्ने प्रक्रियामा सक्रिय छिन् । रास्वपाको प्रस्तावना,  वाचापत्र   लेखनदेखि विधान संशोधनसम्म प्रत्यक्ष भूमिका खेलेकी धिताल आफू वैचारिक स्पष्टता र विधिसम्मत परिवर्तनको पक्षमा रहेको बताउँछीन् ।

परिवर्तन केवल भाषण वा घोषणामा नभई जनताको विश्वासमा आधारित हुन्छ भन्ने मान्यता राख्ने धिताल यही विश्वास र अनुभवको आधारमा दीर्घकालीन, न्यायपूर्ण र समावेशी परिवर्तन लागि आफ्नो उम्मेदवारी रहेको बताउँछीन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

नेपाली कांग्रेसको १५औं महाधिवेशन २ दिन सरेको छ । आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको उद्घाटन असोज १८ गते गर्ने निर्णय गरेको हो ।
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

एक पदाधिकारीका अनुसार, महाधिवेशन बढीमा एक सातासम्म पर सार्ने तयारी छ । हाल महाधिवेशनका लागि तोकिएको अन्तिम १९ गते महाधिवेशन सुरु गर्ने वा अझ दुई दिन पर सारेर...