नेभिगेशन
समाज

रविबारेका भ्रामक सूचना चिर्ने र प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान चलाउने प्रमोद न्यौपाने समानुपातिक उम्मेदवार आकांक्षी

काठमाडौँ । ‘नमस्कार, फेसबुक लाइभमा स्वागत छ म प्रमोद न्यौपाने ।’ यो रवि लामिछानेलाई हिरासतमा राखिदादेखि कारागार चलान भएर कारागारमुक्त हुँदासम्म अधिक सुनिएको पंक्ति हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रविबारे बाहिर बिभिन्न कोणबाट समाचारको बाढी आईरहँदा साँझपख टक्क उभिएर फेसबुक लाइभमार्फत जस्ताको तस्तै सूचना दिने गर्थे प्रमोद न्यौपाने । रविको बारेमा आउने विविध एंगलको समाचारले कन्फ्युज हुने दर्शक पाठकहरु उनको फेसबुक लाइभको प्रतिक्षा नै गरेर बस्थे । कतिपय समाचार संस्थाका लागि उनको फेसबुक लाइभ नै रविसम्बन्धी समाचारको मुख्य स्रोत बनेको थियो । 

Ncell
Extreme Energy

एभिन्यूज टेलिभिजनदेखि माउन्टेन, न्युज २४, ग्यालेक्सी फोरके, हिमालय लगायत आधादर्जन बढी टेलिभिजनको न्युजरुमको नेतृत्व गरिसकेका न्यौपानेले आफ्नो अनुभवलाई प्रयोग गर्दै पार्टी र सभापतिसम्बद्ध सूचना दर्शकसामु पस्कने गरेका छन् । 

लामिछाने कारगार चलान भएपछि उनले तत्कालिन सरकारले साँधेको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर संकलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे । उनी हस्ताक्षर संकलन   अभियान समितिको सचिव थिए । 

तिनै प्रमोद न्यौपानेले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारको आकांक्षी बन्दै आन्तरिक प्रतिष्पर्धामा होमिएका छन् । पार्टी सभापति लामिछानेको प्रेस सल्लाहकारको भूमिकामा रहेका उनले सिन्धुपाल्चोकबाट खस–आर्यतर्फ समानुपातिक उम्मेदवारको आकांक्षी बनेका हुन् । 

उनी भन्छन्, ‘मेरो उम्मेदवारी केवल पदका लागि होइन, पार्टी नीति र नेतृत्वलाई स्थापित गराउन र संसदीय अभ्यासलाई जनमुखी बनाउनका लागि हो ।’  

पार्टीको नीति र नेतृत्वलाई संसदीय मोर्चामा स्थापित गर्न, आन्तरिक लोकतन्त्र र विधि–प्रक्रियाको सम्मान गर्न, जनमैत्री नीति निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न, सुशासन अभिवृद्धि र भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्न, सुसंस्कृत र जनकेन्द्रित संसदीय अभ्यासलाई बढवा दिन र पार्टी सदस्यहरूको विचार र भावनाको सच्चा प्रतिनिधित्व गर्न आफूले उम्मेदवारी दिएको न्यौपाने बताउँछन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...
काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

हिजोदेखिको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलामा पानीको बहावले खतराको तह पार गरेको छ ।