नेभिगेशन
मुख्य समाचार

रविबारेका भ्रामक सूचना चिर्ने र प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान चलाउने प्रमोद न्यौपाने समानुपातिक उम्मेदवार आकांक्षी

काठमाडौँ । ‘नमस्कार, फेसबुक लाइभमा स्वागत छ म प्रमोद न्यौपाने ।’ यो रवि लामिछानेलाई हिरासतमा राखिदादेखि कारागार चलान भएर कारागारमुक्त हुँदासम्म अधिक सुनिएको पंक्ति हो । 

रविबारे बाहिर बिभिन्न कोणबाट समाचारको बाढी आईरहँदा साँझपख टक्क उभिएर फेसबुक लाइभमार्फत जस्ताको तस्तै सूचना दिने गर्थे प्रमोद न्यौपाने । रविको बारेमा आउने विविध एंगलको समाचारले कन्फ्युज हुने दर्शक पाठकहरु उनको फेसबुक लाइभको प्रतिक्षा नै गरेर बस्थे । कतिपय समाचार संस्थाका लागि उनको फेसबुक लाइभ नै रविसम्बन्धी समाचारको मुख्य स्रोत बनेको थियो । 

CG

एभिन्यूज टेलिभिजनदेखि माउन्टेन, न्युज २४, ग्यालेक्सी फोरके, हिमालय लगायत आधादर्जन बढी टेलिभिजनको न्युजरुमको नेतृत्व गरिसकेका न्यौपानेले आफ्नो अनुभवलाई प्रयोग गर्दै पार्टी र सभापतिसम्बद्ध सूचना दर्शकसामु पस्कने गरेका छन् । 

लामिछाने कारगार चलान भएपछि उनले तत्कालिन सरकारले साँधेको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर संकलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे । उनी हस्ताक्षर संकलन   अभियान समितिको सचिव थिए । 

तिनै प्रमोद न्यौपानेले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारको आकांक्षी बन्दै आन्तरिक प्रतिष्पर्धामा होमिएका छन् । पार्टी सभापति लामिछानेको प्रेस सल्लाहकारको भूमिकामा रहेका उनले सिन्धुपाल्चोकबाट खस–आर्यतर्फ समानुपातिक उम्मेदवारको आकांक्षी बनेका हुन् । 

उनी भन्छन्, ‘मेरो उम्मेदवारी केवल पदका लागि होइन, पार्टी नीति र नेतृत्वलाई स्थापित गराउन र संसदीय अभ्यासलाई जनमुखी बनाउनका लागि हो ।’  

पार्टीको नीति र नेतृत्वलाई संसदीय मोर्चामा स्थापित गर्न, आन्तरिक लोकतन्त्र र विधि–प्रक्रियाको सम्मान गर्न, जनमैत्री नीति निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न, सुशासन अभिवृद्धि र भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्न, सुसंस्कृत र जनकेन्द्रित संसदीय अभ्यासलाई बढवा दिन र पार्टी सदस्यहरूको विचार र भावनाको सच्चा प्रतिनिधित्व गर्न आफूले उम्मेदवारी दिएको न्यौपाने बताउँछन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाका केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभाका पूर्व सदस्य हरि ढकालले चुनाबमा जसरी पनि विजय हुन अर्को दलको चुनाब चिन्हमा उम्मेदवार बन्ने प्रवृत्ति जनता माथिको धोका रहेको बताएका...
बालुवाटार बैठकको निचोडः निर्वाचनमा जान सबै दल तयार

बालुवाटार बैठकको निचोडः निर्वाचनमा जान सबै दल तयार

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल...