नेभिगेशन
समाज

महिला र उपेक्षित समुदायको आवज बन्ने दौडमा मेघना श्रेष्ठ, रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

काठमाडौँ। अभाव र कठिन परिस्थितिसँग संघर्ष गर्दै सक्षम बनेकी समाजसेवी मेघना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारका आकांक्षी बनेकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनसरीको एक मध्यमवर्गीय परिवारमा जन्मिएकी श्रेष्ठले कलिलो उमेरमै आमाको निधनपछि जीवनका जिम्मेवारी चाँडै सम्हाल्नुपरेको थियो। अभावपूर्ण अवस्थाबाट आत्मनिर्भरता र निर्णय क्षमता विकास गर्दै अघि बढेकी उनी हाल एक आमा, पेशेवर र सचेत नागरिकका रूपमा राजनीतिक यात्रामा छन्।

Ncell
Extreme Energy

मानव स्रोत व्यवस्थापनमा विशेषज्ञता हासिल गरेकी श्रेष्ठले व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) पूरा गरेकी छन्। उनले पढाइलाई व्यवहारिक सुधारसँग जोड्दै प्रयोगमा उतारेको बताउँछिन् । फ्रन्टलाइनबाट ग्राहक सेवाबाट सुरु भएको उनको करियर १५ वर्षभन्दा बढी समयसम्म नेतृत्व, गुणस्तर व्यवस्थापन, तालिम, मानव स्रोत विकास, प्रक्रिया सुधार र प्रणाली निर्माणसम्म फैलिएको छ।

आफ्नो पेशागत यात्राकै क्रममा नीति र व्यवस्थापनका कमजोरीले प्रत्यक्ष रूपमा मानिसको जीवनमा असर पार्ने अनुभव गरेको श्रेष्ठको भनाइ छ। त्यसैले उनी परिवर्तनलाई नाराभन्दा पनि तथ्य, डेटा र परिणाममा आधारित भएर मापन गर्नुपर्नेमा जोड दिन्छिन्।

महिला र आमाको भूमिकाबाट शिक्षा, रोजगारी र सम्मान एक–अर्कासँग गहिरो रूपमा जोडिएको उनको बुझाइ छ। महिलालाई अवसर दिनु भनेको एक व्यक्तिमात्र होइन, परिवार र समुदायलाई सशक्त बनाउनु भएको उनको धारणा छ।

आफ्नो राजनीति प्रवेश आकस्मिक नभई प्रणालीभित्रै रहेर सुधार सम्भव छ भन्ने विश्वासबाट प्रेरित भएको श्रेष्ठ बताउँछीन् । उनले आर्थिक आत्मनिर्भरतामार्फत नीतिगत इमानदारी कायम गर्न सकिने धारणा राखेकी छन्।

रास्वपासँग सुरु भएको उनको राजनीतिक यात्रा अहिले युवा, महिला, श्रमिक र उपेक्षित समुदायका आवाजलाई केन्द्रमा राख्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी, मधेस, बागमती र राजधानी  प्रदेशका नेता-कार्यकर्ताहरूसँग छलफल गर्दैछन्। आज दिँउसो १ बजे भर्चुअल माध्यमबाट छलफल गर्न लागेको प्रचार विभाग प्रमुख...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ।