नेभिगेशन
समाज

महिला र उपेक्षित समुदायको आवज बन्ने दौडमा मेघना श्रेष्ठ, रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

काठमाडौँ। अभाव र कठिन परिस्थितिसँग संघर्ष गर्दै सक्षम बनेकी समाजसेवी मेघना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारका आकांक्षी बनेकी छिन् ।

सुनसरीको एक मध्यमवर्गीय परिवारमा जन्मिएकी श्रेष्ठले कलिलो उमेरमै आमाको निधनपछि जीवनका जिम्मेवारी चाँडै सम्हाल्नुपरेको थियो। अभावपूर्ण अवस्थाबाट आत्मनिर्भरता र निर्णय क्षमता विकास गर्दै अघि बढेकी उनी हाल एक आमा, पेशेवर र सचेत नागरिकका रूपमा राजनीतिक यात्रामा छन्।

CG

मानव स्रोत व्यवस्थापनमा विशेषज्ञता हासिल गरेकी श्रेष्ठले व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) पूरा गरेकी छन्। उनले पढाइलाई व्यवहारिक सुधारसँग जोड्दै प्रयोगमा उतारेको बताउँछिन् । फ्रन्टलाइनबाट ग्राहक सेवाबाट सुरु भएको उनको करियर १५ वर्षभन्दा बढी समयसम्म नेतृत्व, गुणस्तर व्यवस्थापन, तालिम, मानव स्रोत विकास, प्रक्रिया सुधार र प्रणाली निर्माणसम्म फैलिएको छ।

आफ्नो पेशागत यात्राकै क्रममा नीति र व्यवस्थापनका कमजोरीले प्रत्यक्ष रूपमा मानिसको जीवनमा असर पार्ने अनुभव गरेको श्रेष्ठको भनाइ छ। त्यसैले उनी परिवर्तनलाई नाराभन्दा पनि तथ्य, डेटा र परिणाममा आधारित भएर मापन गर्नुपर्नेमा जोड दिन्छिन्।

महिला र आमाको भूमिकाबाट शिक्षा, रोजगारी र सम्मान एक–अर्कासँग गहिरो रूपमा जोडिएको उनको बुझाइ छ। महिलालाई अवसर दिनु भनेको एक व्यक्तिमात्र होइन, परिवार र समुदायलाई सशक्त बनाउनु भएको उनको धारणा छ।

आफ्नो राजनीति प्रवेश आकस्मिक नभई प्रणालीभित्रै रहेर सुधार सम्भव छ भन्ने विश्वासबाट प्रेरित भएको श्रेष्ठ बताउँछीन् । उनले आर्थिक आत्मनिर्भरतामार्फत नीतिगत इमानदारी कायम गर्न सकिने धारणा राखेकी छन्।

रास्वपासँग सुरु भएको उनको राजनीतिक यात्रा अहिले युवा, महिला, श्रमिक र उपेक्षित समुदायका आवाजलाई केन्द्रमा राख्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...
पाँच जना फरार प्रतिवादी पक्राउ

पाँच जना फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा व्यास नगरपालिका–८ बस्ने ५२ वर्षीय शमशेर कुमाल रहेका छन् । उनीमाथि जबरर्जस्ती चोरी मुद्दामा जिल्ला अदालतको लगत नं ५८१ अनुसार रु ४७ हजार ८५० जरिवाना तोकिएको...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाका केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभाका पूर्व सदस्य हरि ढकालले चुनाबमा जसरी पनि विजय हुन अर्को दलको चुनाब चिन्हमा उम्मेदवार बन्ने प्रवृत्ति जनता माथिको धोका रहेको बताएका...