नेभिगेशन
समाज

जसरी पनि निर्वाचन सफल पार्न देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शिर्ष नेताहरुलाई जसरी पनि निर्वाचन सफल पार्न अनग्रह गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज काग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजम पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा उनले आफ्नो निमन्त्रणलाई स्वीकार गरी बालुवाटार आएकोमा धन्यवाद दिदै स्वागत गरिन् । उनले राष्ट्रपतिबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ।’ प्रधानमन्त्री कार्कीले भनिन् । 

उनले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएका गराइसकेको, भनेजति नै स्रोतसाधनको व्यवस्था गरेको पनि जानकारी गराइन् । सो क्रममा उनले सुरक्षाकर्मीको मनोबल बढेको सोही अनुसार काम गरिरहेको जानकारी गराइन् । 

प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ...
नागढुंगा सुरुङबाट भित्रन र बाहिरिन कति लाग्छ शुल्क ?

नागढुंगा सुरुङबाट भित्रन र बाहिरिन कति लाग्छ शुल्क ?

सुरुङ मार्ग प्रयोग गरेवापत सवारी साधनका लागि विभिन्न शुल्क निर्धारण गरिएको छ । काठमाडौँ प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले ६५ रुपैयाँ शुल्क...
त्रिविको प्रश्नपत्र लिक गर्ने यसरी परे प्रहरी फन्दामा

त्रिविको प्रश्नपत्र लिक गर्ने यसरी परे प्रहरी फन्दामा

घटनापछि मन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले त्रिविको परीक्षा प्रणालीमा देखिएको यो विकृतिविरुद्ध कडा कदम चाल्ने स्पष्ट पारेका छन्।