नेभिगेशन
समाज

रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी शोभा जोशी : चार दशकको सामाजिक सेवाबाट राष्ट्रिय राजनीतिमा

काठमाडौँ। चार दशकभन्दा लामो समयदेखि सामाजिक सेवामा सक्रिय शोभा जोशी नेपाली समाजमा परिचित, अनुभवी र प्रतिबद्ध नेतृका रूपमा चिनिन्छिन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभाव, असमानता र सामाजिक पछौटेपनका बीच काम गर्दै आएकी जोशीले सरकारी तथा गैरसरकारी दुवै क्षेत्रको नेतृत्वमा रहेर सामाजिक रूपान्तरणका लागि निरन्तर योगदान दिएकी छिन्। यही अनुभव र प्रतिबद्धताका आधारमा उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सल्लाहकार परिषद् सदस्यको जिम्मेवारीमा छिन् र समानुपातिक उम्मेदवारको आकांक्षीका रूपमा अघि बढिरहेकी छिन्।

Ncell
Extreme Energy

ललितपुर उपमहानगरपालिका–सुमलटार निवासी शोभा जोशी विगत ४० वर्षभन्दा बढी समयदेखि व्यापार, सामाजिक सेवा र नेतृत्वलाई सँगसँगै अघि बढाउँदै आएकी व्यक्तित्व हुन्। ४३ वर्ष समाजसेवामा बिताएकी उनले महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, मानव अधिकार, सामाजिक न्याय र सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेकी छिन्।

सामाजिक तथा संस्थागत नेतृत्व
जोसी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा नेतृत्वदायी भूमिकामा रहँदै आएकी छिन्। उनी रेयुकाइ नेपालमा पोखरा शाखाको अध्यक्षदेखि राष्ट्रिय अध्यक्षसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेकी अनुभवी नेतृ हुन्। सन् १९९१ देखि २००५ सम्म रेयुकाइ नेपालको अध्यक्ष, राष्ट्रिय उपाध्यक्ष, महासचिव, प्रमुख सल्लाहकारलगायत पदमा रहेर उनले संगठन विस्तार र सामाजिक सेवाका कार्यक्रमहरूलाई संस्थागत बनाइन्।

त्यसैगरी उनी लायन्स क्लब आन्दोलनमा पनि लामो समयदेखि सक्रिय रहँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालनमा अग्रसर रहिन्। रक्तदान, स्वास्थ्य शिविर, शिक्षा सहयोग, महिला र बालबालिका लक्षित कार्यक्रमहरूमा उनको नेतृत्व उल्लेखनीय रह्यो।
मानव अधिकारको क्षेत्रमा समेत सक्रिय जोसी राष्ट्रिय मानव अधिकार संघ, Autism Care Center, नेपाल हेल्थ भोलिन्टियर अर्गनाइजेशन, ज्ञान मार्ग महिला समूह, नारी सेवा हस्तकला विकास केन्द्र लगायत थुप्रै संस्थासँग आजीवन सदस्य वा नेतृत्वकर्ताको हैसियतमा जोडिएकी छिन्।
योगदान र सामाजिक लगानी
शोभा जोशी केवल नेतृत्वमा सीमित छैनन्, उनले सामाजिक क्षेत्रमा प्रत्यक्ष आर्थिक योगदानसमेत गर्दै आएकी छिन्।  वृद्धाश्रम, मानव सेवा आश्रम, छात्रवृत्ति कार्यक्रम, स्वास्थ्य संस्थाहरूमा लाखौँ रुपैयाँ बराबरको सहयोग गरेकी उनले लामाे समय सामाजिक कार्यकर्ताकारुपमा बिताएकी छिन् ।

जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान र प्रशंसापत्र प्राप्त गरेकी छिन्। अन्तर्राष्ट्रिय राष्ट्रपतिको प्रशंसापत्र, जिल्ला गभर्नरको प्रशंसा पत्रदेखि स्वर्गीय राजा वीरेन्द्रबाट प्राप्त “गोरखा दक्षिण बाहु” सम्मका सम्मानहरूले उनको योगदानलाई औपचारिक मान्यता दिएका छन्।

राजनीतिक यात्रा र दृष्टिकोण
लामो समय सामाजिक सेवामा बिताएपछि शोभा जोसी अहिले अनुभवलाई नीति निर्माणमा रूपान्तरण गर्ने उद्देश्यका साथ सक्रिय राजनीतिमा प्रवेश गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सल्लाहकार परिषद् सदस्यका रूपमा उनले समावेशी राजनीति, सुशासन, सामाजिक न्याय र सेवा–केन्द्रित राज्य व्यवस्थाको पक्षमा आवाज उठाउँदै आएकी छिन्।

समानुपातिक उम्मेदवारको आकांक्षी रहेकी जोसी संसदमार्फत महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सीमान्तकृत समुदाय र सामाजिक सेवामा खटिएका स्वयंसेवकहरूको मुद्दालाई संस्थागत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्छिन्। “मैले जीवनभर समाजसँग सिकेको अनुभव अब संसदमा प्रयोग गर्न चाहन्छु” भन्ने उनको दृष्टिकोणले उनी केवल आकांक्षी होइन, नीति–केन्द्रित नेतृ भएको संकेत गर्छ।

चार दशकको निरन्तर सामाजिक सेवा, संस्थागत नेतृत्व, पारदर्शी योगदान र मानवीय दृष्टिकोण बोकेकी जोशी नेपाली राजनीतिमा अनुभव, सेवा र नैतिकताको प्रतिनिधि पात्र हुन्। सामाजिक सेवाबाट राष्ट्रिय राजनीतिसम्मको उनको यात्रा समानुपातिक प्रतिनिधित्वको मर्मसँग मेल खाने भएकाले, उनी रास्वपाभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमा पनि ध्यान दिन योग्य व्यक्तित्वका रूपमा उभिँदै छिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नागढुंगा सुरुङबाट भित्रन र बाहिरिन कति लाग्छ शुल्क ?

नागढुंगा सुरुङबाट भित्रन र बाहिरिन कति लाग्छ शुल्क ?

सुरुङ मार्ग प्रयोग गरेवापत सवारी साधनका लागि विभिन्न शुल्क निर्धारण गरिएको छ । काठमाडौँ प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले ६५ रुपैयाँ शुल्क...
त्रिविको प्रश्नपत्र लिक गर्ने यसरी परे प्रहरी फन्दामा

त्रिविको प्रश्नपत्र लिक गर्ने यसरी परे प्रहरी फन्दामा

घटनापछि मन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले त्रिविको परीक्षा प्रणालीमा देखिएको यो विकृतिविरुद्ध कडा कदम चाल्ने स्पष्ट पारेका छन्।
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...