नेभिगेशन
समाज

विदेशीको योजनामा नयाँ राजनीतिक दल खुले, देश दुर्घटनामा जान सक्छः राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको योजना अनुसार नयाँ राजनीतिक पार्टी गठन भएको आरोप लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनमा कुन पार्टीले जित्ने वा हार्नेदेखि केहि नयाँ राजनीतिक पार्टी गठन समेत विदेशीको योजनामा भइरहेको आरोप लगाएका हुन् ।
उनले मुलुकमा चरम बैदेशिक हस्तक्षेप भएको र संकटको अवस्थामा रहेको बताए । अहिलेको अवस्थामा देशलाई जोगाउनका लागि राप्रपाको बिकल्प नभएको उनको भनाइ छ । उनले पुराना भनिएका कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट अब देश नबन्ने उल्लेख गरे ।

Ncell
Extreme Energy

त्यस्तै लिङ्देनले चूनाव नै नभएको अवस्थामा केहि नयाँ भन्नेहरुले प्रधानमन्त्री पद बाँडफाँड गर्न लागेको तर्क गरे । मुलुकको वर्तमान अवस्था र संविधानबाट देशलाई दुर्घटनाबाट जान रोक्न नसकिने उनले बताए । 

लिङ्देनले देशलाई जोगाउनका लागि चूनावभन्दा अगाडी नै राजा, राजनीतिक दल, जेनजी युवा र अरु सरोकारवालाको सम्मेलनबाट नयाँ समझदारी कायम गरेर नयाँ व्यवस्था कायम गरेर जानुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

कांग्रेसले किन २ दिन सार्‍यो महाधिवेशन ?

नेपाली कांग्रेसको १५औं महाधिवेशन २ दिन सरेको छ । आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको उद्घाटन असोज १८ गते गर्ने निर्णय गरेको हो ।
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

एक पदाधिकारीका अनुसार, महाधिवेशन बढीमा एक सातासम्म पर सार्ने तयारी छ । हाल महाधिवेशनका लागि तोकिएको अन्तिम १९ गते महाधिवेशन सुरु गर्ने वा अझ दुई दिन पर सारेर...