नेभिगेशन
समाज

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौँ : नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका लागि सिफारिस गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि मन्त्रिस्तरीय निर्णयका आधारमा टिकट छपाइ तथा प्रकाशन गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले जानकारी दिनुभयो ।

Ncell
Extreme Energy

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६, पौवाडाँडामा १८ असोज १९९४ विसंमा जन्मनुभएका स्वामी परमानन्द सरस्वतीले सानै उमेरदेखि सन्यास मार्ग अँगाल्दै जीवनभर वैदिक धर्म, संस्कृत शिक्षा र समाजसेवामा आफूलाई समर्पित गर्नुभयो । उहाँले देशका विभिन्न जिल्लामा ३९ गुरुकुल, वेदविद्याश्रम, मन्दिर तथा आश्रमहरूको स्थापना गरी निःशुल्क शिक्षा, आवास र भोजनको व्यवस्था गर्दै सयौँ विद्यार्थीलाई संस्कृत तथा वैदिक शिक्षामा दीक्षित गराउनुभएको संस्कृत भाषाविद् तथा कालिका संस्कृत विद्यापीठका पूर्वप्राचार्य डा रामचन्द्र कँडेलले जानकारी गराउनुभयो । 

उहाँको नेतृत्वमा स्थापना भएका परमानन्द संस्कृत गुरुकुल, त्रिपुरेश्वर महादेव मन्दिर, तथा विभिन्न सन्यास आश्रमहरू आज वैदिक अध्ययन, आध्यात्मिक साधना र सांस्कृतिक संरक्षणका प्रमुख केन्द्रका रूपमा परिचित छन् । सामाजिक र आर्थिक रूपमा पछाडि परेका परिवारका बालबालिकालाई शिक्षाको पहुँच पुर्याउने उहाँको दृष्टिकोणले संस्कृत शिक्षालाई सीमित वर्गबाट बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सभ्य समाज र सुसंस्कृत परिवार निर्माणमा सहयोग पुर्याउने अभिप्रायले स्थापना भएको श्रीपरमानन्द–संस्कृत–गुरुकुलम् हाल तनहुँ जिल्ला, देवघाटधामस्थित श्रीहरिहर सन्न्यास आश्रमअन्तर्गत कक्षा ६ देखि आचार्य (एमए) तहसम्म अध्ययन गर्ने विशाल संस्कृत शिक्षण अध्ययन  तथा अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा रहेको छ । निःशुल्क अध्ययन, भोजन, आवासको व्यवस्था रहेको यस शिक्षण संस्थामा ३५० जना विद्यार्थीहरू अध्ययनरत छन् । नेपाल सन्त समाजका अध्यक्ष तथा यस संस्थाका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको नेतृत्व र व्यवस्थापनबाट विद्यापीठ तथा आश्रमका नियमित गतिविधि सञ्चालन भइरहेका छन् ।

टोखा नगरपालिका–६ धापासीस्थित श्रीहरिहर सन्न्यास आश्रममा २१ जेठ २०८२ विसंमा सम्पन्न स्वामी परमानन्द सरस्वतीको तस्बिर अङ्कित उक्त हुलाक टिकटको प्रथम आवरण कार्यक्रममा सरकारी अधिकारी, हुलाक सेवा विभागका प्रतिनिधि, धार्मिक–शैक्षिक संस्थाका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सरकारी अधिकारीहरूले राष्ट्रको धार्मिक, शैक्षिक र सांस्कृतिक पहिचान सुदृढ गर्न योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानस्वरूप यस्तो हुलाक टिकट प्रकाशन गरिएको जनाएका छन् । यसले नयाँ पुस्तालाई नेपालको सनातन वैदिक परम्परा र संस्कृत शिक्षाप्रति सचेत गराउने अपेक्षा गरिएको संस्मरणात्मक हुलाक टिकट प्रकाशन प्रक्रियाको प्रारम्भिक समन्वय गर्नुभएकी विष्णुदेवी गैरेले बताउनुभयो ।

विसं २०५३ माघ १८ मा ब्रह्मलीन हुनुभएका स्वामी परमानन्द सरस्वतीको योगदानलाई राज्यस्तरबाट २९ वर्षपछि मरणोपरान्त गरिएको यो सम्मानलाई ऐतिहासिक मानिएको श्री हरिहर सन्यास आश्रम, देवघाटले जनाएको छ । रु १० दरका पाँच लाखको सङ्ख्यामा प्रकाशित हुलाक टिकट हाल देशभरका हुलाक कार्यालयमार्फत सर्वसाधारणका लागि उपलब्ध गराइएको हुलाक सेवा विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै