नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचनः आज र भोली समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आइतबार राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आइतबार र सोमबार दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

CG

दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उनले बर्ताए ।आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।

पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए ।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आइतबार र सोमबार बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

वाल्डो क्यासिनोका सञ्चालक च्यान मिन चिङ पक्राउ

क्यासिनो सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेको प्रहरीले जनाएको छ । वाल्डो क्यासिनोमा म्याग्नेटिक तास र आइ लेन्स प्रयोग गरी डमी खेलाडी खेलाएर ठगी गरेको आरोपमा...
थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सम्झौता हुनुअघि शनिबार बिहानसम्म थाइल्यान्डले कम्बोडियाका केही स्थानमा हवाई आक्रमण गरेको थियो ।
म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन

म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन

तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ । पहिलो चरणमा देशका ३३० मध्ये १०२ स्थानमा मतदान भइरहेको छ...
सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा आयोजत अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र...