नेभिगेशन
मुख्य समाचार

निर्वाचन आयोगले अस्थायी मतदाता सङ्कलन सुरु गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको छ । आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने मतदाताको विवरण यही पुस १९ देखि आगामी माघ १८ गतेसम्म सम्बन्धित निकायका कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारी अधिकारी प्रदेश वा जिल्ला निर्वाचन अधिकारीको कार्यालयमा पठाउनुपर्नेछ । सङ्कलित नामावली प्रकाशन र दाबीविरोध तथा जाँचबुझ गरी अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

CG

आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, कारागारमा रहेका थुनुवा र कैदी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेका वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालनमा रहेका वृद्धा अवस्थामा बसेका व्यक्तिहरू एवं संवैधानिक निकायका पदाधिकारीको नामावली सङ्कलन गरिनेछ आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सवै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पोखरामा आयोजना हुने

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पोखरामा आयोजना हुने

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले गत भदौ २९ गते हुने भनिएको अवार्ड कार्यक्रम यही पुस २३ गते आयोजना हुन...
विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमाः अध्यक्ष लिङ्देन

विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमाः अध्यक्ष लिङ्देन

आइतबार विराटनगरमा पार्टीस्तरीय जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले मुलुक भुराजनैतिक द्वन्द्वमा फसिसकेकोले विदेशी हस्तक्षेप रोक्न पनि पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक रहेको बताएका...
निर्वाचन आचारसंहिता स्वीकृत, माघको पहिलो सातादेखि लागु हुने

निर्वाचन आचारसंहिता स्वीकृत, माघको पहिलो सातादेखि लागु हुने

आयोगको वेबसाइटमा आइतबार प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचारसंहितामा विगतमा झैँ कतिपय...