नेभिगेशन
समाज

विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमाः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा रहेकाले नविनतम समझदारी आवश्

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार विराटनगरमा पार्टीस्तरीय जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले मुलुक भुराजनैतिक द्वन्द्वमा फसिसकेकोले विदेशी हस्तक्षेप रोक्न पनि पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक रहेको बताएका हुन ।

Ncell
Extreme Energy

उनले राजनीतिक निकासका लागि फागुन २१ गतेको निर्वाचन अघि नै गोलमेच सम्मेलन गरेर समस्याको निकास निकाल्नु उपयुक्त हुने बताए । वर्तमान व्यवस्थाकै आधारमा निर्वाचन भए पछि पनि द्वन्द्व कायम रहने उनले बताए ।

अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनको माग सम्बोधन नभए सम्म निर्वाचनको औचित्य पुष्टि नहुने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन जनताको माग भएको जिकिर गरे । अधिवेशनमा अन्य नेताहरुले पार्टीमा युवाहरुको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।