नेभिगेशन
मुख्य समाचार

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पोखरामा आयोजना हुने

काठमाडौँ । जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण यसै महिना पोखरामा आयोजना हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले गत भदौ २९ गते हुने भनिएको अवार्ड कार्यक्रम यही पुस २३ गते आयोजना हुन लागेको हो ।

CG

आइतबारदेखि पिपल्स च्वाइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको सो अवसरमा जानकारी दिइयो । मञ्चका महासचिव अञ्जन खड्काले भने, “विगतमा पिपल्स च्वाइसको मनोनयन रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए ।

त्यहींबाट भोटिङ प्रकृया सुरु हुनेछ ।” उक्त विधामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

त्यसैगरी स्पोर्ट्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोटर्स समिट पनि हुने आयोजकले जनाएको छ ।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई चलायनमान बनाउन स्पोर्ट्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद अर्थतन्त्रबारे बहस हुने बताए ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही रु एक लाख  प्रदान गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

यसअघि २०८२ पुस १२ गते बिहान ७ः०० बजेदेखि १३ गते बेलुकी ७ः०० बजेसम्म आन्तरिक समानुपातिक उम्मेदवारका लागि योग्य पार्टी सदस्यहरूले आफू‌ले रोजेको उम्मेदवारलाई मतदान गर्ने व्यवस्था गरिएको थियो...
सर्वोच्च अदालतद्वारा चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय

सर्वोच्च अदालतद्वारा चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान,...
निर्वाचन आयोगमा काँग्रेसले सोमबार समानूपातिक सूचि बुझाउने

निर्वाचन आयोगमा काँग्रेसले सोमबार समानूपातिक सूचि बुझाउने

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुङ्गो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सवै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।