नेभिगेशन
समाज

आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसंग जानकारी लिएको छ । आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको बिषयमा जानकारी लिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सवै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

Ncell
Extreme Energy

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आइतबारको बैठक राष्ट्रियसभा निर्वाचनको सुरक्षामात्रै केन्द्रीत रहेको उनले बताए । त्यस्तै प्रवक्ता भट्टराईले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरोकारवाला लगाएतको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरेको जानकारी दिए ।

आचारसंहिता लागू हुने मिति भने केहि दिनमा सार्वजनिक गरिने उनको भनाइ छ । उनले आचारसंहितालाई सवैले पालना गरेर निष्पक्ष, स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरे ।

आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा दलहरु खर्चको सीमामा रहनुपर्ने पनि आचारसंहीतामा उल्लेख छ ।

दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने लगाएतका बिषय आचारसंहीतामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।