नेभिगेशन
मुख्य समाचार

आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसंग जानकारी लिएको छ । आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको बिषयमा जानकारी लिएको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सवै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

CG

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आइतबारको बैठक राष्ट्रियसभा निर्वाचनको सुरक्षामात्रै केन्द्रीत रहेको उनले बताए । त्यस्तै प्रवक्ता भट्टराईले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरोकारवाला लगाएतको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरेको जानकारी दिए ।

आचारसंहिता लागू हुने मिति भने केहि दिनमा सार्वजनिक गरिने उनको भनाइ छ । उनले आचारसंहितालाई सवैले पालना गरेर निष्पक्ष, स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरे ।

आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा दलहरु खर्चको सीमामा रहनुपर्ने पनि आचारसंहीतामा उल्लेख छ ।

दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने लगाएतका बिषय आचारसंहीतामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएल ट्रफीसहितको टोली सम्मानित

एनपिएल ट्रफीसहितको टोली सम्मानित

ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता रहेको...
रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

यसअघि २०८२ पुस १२ गते बिहान ७ः०० बजेदेखि १३ गते बेलुकी ७ः०० बजेसम्म आन्तरिक समानुपातिक उम्मेदवारका लागि योग्य पार्टी सदस्यहरूले आफू‌ले रोजेको उम्मेदवारलाई मतदान गर्ने व्यवस्था गरिएको थियो...
सर्वोच्च अदालतद्वारा चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय

सर्वोच्च अदालतद्वारा चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान,...
निर्वाचन आयोगमा काँग्रेसले सोमबार समानूपातिक सूचि बुझाउने

निर्वाचन आयोगमा काँग्रेसले सोमबार समानूपातिक सूचि बुझाउने

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुङ्गो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।