नेभिगेशन
मुख्य समाचार

निर्वाचन आयोगमा काँग्रेसले सोमबार समानूपातिक सूचि बुझाउने

काठमाडौँ । नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानूपातिक सूचि बुझाउने भएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुङ्गो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

CG

कार्यसम्पादन समितिले प्रदेशका नेताहरु छलफल गरेको र छलफलका आधारमा सूची बनाएर सोमबार आयोगमा बुझाइने उनले बताए । उनले समानूपातिक सूचि बुझाउनुपर्ने भएकाले आइतबारको बैठक त्यसमा केन्द्रीत भएको जानकारी दिए ।

त्यस्तै प्रवक्ता महतले रास्वपा र बालेन शाहबीच भएको एकताको सहमतिले खासै प्रभाव नपर्ने बताए । रवि लामिछाने र बालेनको बारेमा धेरै ठूलो प्रश्न उठेकाले जनताले मूल्याङ्नक गरिरहेको उनले बताए ।

प्रवक्ता महतले अहिले पनि पुराना दलमा कांग्रेस नै विश्वसनीय पार्टी भएको दावी गरे । रवि लामिछाने र बालेनमाथि उठेका प्रश्न गम्भीर रहेकाले उनीहरुले मिलेकोमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएल ट्रफीसहितको टोली सम्मानित

एनपिएल ट्रफीसहितको टोली सम्मानित

ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता रहेको...
रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

यसअघि २०८२ पुस १२ गते बिहान ७ः०० बजेदेखि १३ गते बेलुकी ७ः०० बजेसम्म आन्तरिक समानुपातिक उम्मेदवारका लागि योग्य पार्टी सदस्यहरूले आफू‌ले रोजेको उम्मेदवारलाई मतदान गर्ने व्यवस्था गरिएको थियो...
सर्वोच्च अदालतद्वारा चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय

सर्वोच्च अदालतद्वारा चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान,...
आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सवै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।