नेभिगेशन
मुख्य समाचार

सर्वोच्च अदालतद्वारा चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय

काठमाडौँ । सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय गरेको छ । अदालतको निर्णयसँगै अब यही पुस मसान्तसम्म चालु मुद्दाको हदम्याद, तारेख र म्याद थाप्न सकिने छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापासहित १९ जनाको बृहत् पूर्ण इजलासले आइतबार सो अनुमति दिएको हो ।

CG

सर्वोच्च अदालतका कर्मचारी बालाजीप्रसाद पाण्डेयलगायतले पेस गरेको प्रतिवेदनमाथि आइतबार प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको इजलास नै गठन गरेर यसअघि एक महिना (मङ्सिर मसान्तसम्म) समय दिएको समय बढाएर ६० दिन अर्थात् पुस मसान्तसम्म गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मङ्सिर मसान्तसम्म मुद्दाको हदम्याद, तारेख र म्याद थाप्न सकिने निर्णय भएकामा अब पुस मसान्तसम्म म्याद थाम्न सकिने भएको छ ।

यसअघि, मङ्सिर १ देखि ३० गतेसम्म एक महिना हदम्याद, म्याद र तारेख थाम्न सकिने व्यवस्था गरिएको थियो । आदेशको लिखित सोमबार आउनेछ ।

गत भदौ २४ गते अदालतमा आगजनी भएर नष्ट भएका मुद्दाको कागजात सङ्कलन गर्ने समय थप गरी ६० दिन हुनेछ । आगजनी र तोडफोडमा सर्वोच्च अदालतका सबैजसो कागजात जलेर नष्ट भएका थिए । अदालतले मुद्दाका पक्ष एवं सरोकारवालालाई सम्बन्धित मुद्दाको कागजात जुटाउन सहयोगका लागि आह्वान गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएल ट्रफीसहितको टोली सम्मानित

एनपिएल ट्रफीसहितको टोली सम्मानित

ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता रहेको...
रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

यसअघि २०८२ पुस १२ गते बिहान ७ः०० बजेदेखि १३ गते बेलुकी ७ः०० बजेसम्म आन्तरिक समानुपातिक उम्मेदवारका लागि योग्य पार्टी सदस्यहरूले आफू‌ले रोजेको उम्मेदवारलाई मतदान गर्ने व्यवस्था गरिएको थियो...
निर्वाचन आयोगमा काँग्रेसले सोमबार समानूपातिक सूचि बुझाउने

निर्वाचन आयोगमा काँग्रेसले सोमबार समानूपातिक सूचि बुझाउने

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुङ्गो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

आयोगद्वारा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी बारे सुरक्षा निकायसंग छलफल

बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सवै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।