नेभिगेशन
समाज

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आइतबार सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिकाद्वारा धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शनसहित सम्मान गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

Ncell
Extreme Energy

ट्रफी प्रदर्शनस्थलमा रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीले पञ्चेबाजासहित रेसुङ्गाको यज्ञशाला परिसर क्षेत्रमा बाजागाजासहित विजेता टोलीलाई स्वागत गरेका थिए । ट्रफीसहित गुल्मी आइपुगेको लुम्बिनी लायन्स टोलीमा गुल्मीका खेलाडी तिलकराज भण्डारीको उपस्थिति रहेको थियो ।

उक्त ट्रफी प्रदर्शन कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले नगर स्थापना दिवसका अवसरमा खेलाडी भण्डारीलाई रु २५ हजार नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए ।

सो अवसरमा खेलाडी भण्डारीले गुल्मी जिल्लासँग जोडिएर क्रिकेट खेल्ने अवसर पाउनु आफैमा गर्वको विषय भएको बताए । रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले पछिल्लो समयमा नागरिकमा खेलप्रति आकर्षण बढ्दै गएको भन्दै खेलाडीको मेहनतमा ऊर्जा भर्न खेलकुद क्षेत्रको विकासमा कुनै कन्जुस्याइ गर्न नहुने बताएका थिए ।

ट्रफी बोकेर गुल्मी आइपुगेको लुम्बिनी लायन्सको टोली  रेसुङ्गाको यज्ञशाला, सदरमुकाम तम्घासहुँदै छत्रकोट र रुरुक्षेत्रमा ट्रफी प्रदर्शन गरी पाल्पा फर्किसकेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।