नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकीः राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

आयोगले  मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा रु १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ ।

CG

यसैगरी ढुवानी रु १० हजार, गोष्ठी अन्तरक्रियाका लागि रु एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च रु १४ हजार ५०० खर्च गर्न पाइनेछ । त्यस्तै कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालन रु ३० हजार र विविध शीर्षकमा रु ३० हजार खर्च गर्न पाउनेछन् ।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । उम्मेद्वारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
रवि-बालेन सहमतिको भित्री रहस्य

रवि-बालेन सहमतिको भित्री रहस्य

यो सहमतिको भित्री कसरतको पाटोमा निर्णायक  काम गरेका रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेलाई सिधाकुराले यो सहमतिको राजनीतिक अर्थ के हो भनी प्रश्न गरेको थियो । जवाफमा नेता वाग्लेले रास्वपा...
एनपिएल ट्रफीसहितको टोली सम्मानित

एनपिएल ट्रफीसहितको टोली सम्मानित

ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता रहेको...
रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

यसअघि २०८२ पुस १२ गते बिहान ७ः०० बजेदेखि १३ गते बेलुकी ७ः०० बजेसम्म आन्तरिक समानुपातिक उम्मेदवारका लागि योग्य पार्टी सदस्यहरूले आफू‌ले रोजेको उम्मेदवारलाई मतदान गर्ने व्यवस्था गरिएको थियो...