नेभिगेशन
मुख्य समाचार

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प होः संयोजक दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताएका छन् ।

वानेश्वर बहुमुखी क्याम्पसमा सोमबार आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताएका हुन ।

CG

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको र त्यसका लागि सामुदायिक शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने संयोजक प्रचण्डले स्पष्ट पारेका थिए ।

उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको उल्लेख गरेका छन् । सङ्कटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको उनको भनाइ थियो ।

संयोजक प्रचण्डले हालै देखिएको ‘जेनजी पुस्ताको आन्दोलन’ले युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट भएको बताए । उनले भने, “नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ ।

नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण संयोजक प्रचण्डले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । युवालाई आग्रह गर्दै उनले भने, “अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जसपा नेपाल र जसपाबीच एकता घोषणा

जसपा नेपाल र जसपाबीच एकता घोषणा

उनीहरूबीच सोमबार एकताको सहमतिमा हस्ताक्षरसमेत भएको छ । यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो ।
नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
रास्वपाको पार्टी कार्यालय पुगे जेनजी अगुवा सुदन गुरुङ

रास्वपाको पार्टी कार्यालय पुगे जेनजी अगुवा सुदन गुरुङ

पार्टी कार्यालय पुगेका गुरुङले रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेसँग भेट गरेका छन् । करिब ३० मिनेट डा.वाग्लेसँग छलफल गरेर गुरुङ निस्किएका छन् ।
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु

प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु

काठमाडौँको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको सोमबार विहान मृत्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरक्षिक पनकुमार भट्टराईले जानकारी दिए ।