नेभिगेशन
मुख्य समाचार

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

CG

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्ताङ र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका चारै जनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल चिकित्सक संघद्वारा अनसरत डा.निकोलसको जीवन रक्षा गर्न सरकारसँग माग

नेपाल चिकित्सक संघद्वारा अनसरत डा.निकोलसको जीवन रक्षा गर्न सरकारसँग माग

सोमबार संघले विज्ञप्ती जारी गर्दै माइतीघर मण्डलामा अनसनरत डा भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको...
नेपालको खेलकुद क्षेत्रमा राजनीति हावीः अध्यक्ष श्रेष्ठ

नेपालको खेलकुद क्षेत्रमा राजनीति हावीः अध्यक्ष श्रेष्ठ

सोमबार काठमाडौंमा एनओसीको २१ औं साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले खेल क्षेत्रमा राजनीति हावी भएका कारण अधिकांश विवादहरु अदालतमा पुगेको भन्दै यसले समग्र खेलकुदमा नै असर परिरहेको बताएका...
तराई मधेसका सीमान्तकृत समूदायलाई मूलधारमा ल्याउनुपर्नेः उपराष्ट्रपति यादव

तराई मधेसका सीमान्तकृत समूदायलाई मूलधारमा ल्याउनुपर्नेः उपराष्ट्रपति यादव

सोमबार ललितपुरमा राष्ट्रिय दलित आयोगको पञ्चबर्षिय रणनीतिक योजना सार्वजनिक तथा उजुरी व्यवस्थापन प्रणाली शुभारम्भ गर्दै उपराष्ट्रपति यादवले तराई मधेसका दलितहरु अझै पनि शिक्षा, स्वास्थ्य, राजनितिक आदीमा पहुँच रेखाभन्दा...
थाइल्यान्ड–कम्बोडिया सीमा विवादः चीनको मध्यस्थता प्रयास

थाइल्यान्ड–कम्बोडिया सीमा विवादः चीनको मध्यस्थता प्रयास

बेइजिङले दुई छिमेकी मुलुकबीच जारी हिंसात्मक सीमा विवादमा आफूलाई प्रभावकारी मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको सन्देश यस भेटघाटले दिएको छ ।