नेभिगेशन
समाज

उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त म्याजिक लाइटलाई लायन्स कल्ब अफ काठमाडौँ थलीले खरिद गरी सोमबार जिल्ला प्रशासन कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

Ncell
Extreme Energy

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पौडेलले लायन्स क्लब अफ काठमाडौँ थलीको यो सहयोगको सराहना गर्दै म्याजिक लाइटले काठमाडौँमा रातको समयमा ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका थिए ।

उनले भने, “काठमाडौँको सडकमा रातको समयमा ट्राफिक व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको छ, धेरै समय गाडी ट्राफिक नदेखी ठक्कर दिने अवस्था आउने गर्छ, म्याजिक लाइटको प्रयोगले यो समस्यामा केही हदसम्म राहत पुर्‍याउनेछ ।”

उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालय र यसको संरचनामा आएको क्षतिको बारेमा जानकारी दिए ।

उनले भने, “पाँच मिनेटको लागि पनि ट्राफिकविनाको चोकको अवस्था कस्तो होला ?, यसलाई हामी सबैले अनुमान गर्न सक्दछौँ, यो अवस्थाले केवल सवारी सञ्चालनमा मात्र नभएर, सार्वजनिक जीवनमा पनि ठूलो प्रभाव पार्दछ, यसैले म्याजिक लाइटको प्रयोगले सवारी व्यवस्थापनमा नयाँ आशा थप्ने विश्वास गरेका छौँ ।”

यसैगरी उनले जेनजी आन्दोलनका कारण ट्राफिक कार्यालयका विभिन्न भवन र उपकरणसहित ट्राफिक प्रहरीका लुगा जल्नुका साथै व्यापक क्षति पुगेको भन्दै दुखसमेत व्यक्त गरे ।

उनले भने, “आगजनीका कारण हामीलाई ट्राफिक व्यवस्थापनमा ठूलो समस्या आएको थियो, अहिले नागरिक स्तरबाट पुनर्निर्माणका प्रक्रिया आरम्भ भएका छन् र हामी यसलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रयासमा जुटेका छौँ ।”

लायन्स क्लब अफ थलीका अध्यक्ष रुपक सिमखडाले म्याजिक लाइट सहयोगको महत्व र उद्देश्यलाई स्पष्ट पार्दै समाजको सुधार तथा सहकार्यका लागि यस प्रकारका सहयोग र सहकार्य निरन्तर जारी रहने जनाए ।

उनले भने, “हामी सधैं समाजको लागि आवश्यक सहयोग प्रदान गर्ने प्रयास गर्छौँ, ट्राफिक व्यवस्थापनको सुधारका लागि हामीले गरेको यो पहल सँगै यो संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्लेमा रातभरिमा २०० मिलिमिटर माथि वर्षा

लुम्लेमा रातभरिमा २०० मिलिमिटर माथि वर्षा

। जल तथा मौसम विज्ञान विभागका अनुसार कास्कीको लुम्लेमा आइतबार रातभरिमा २१६.८ मिलिमिटर वर्षा भएको छ ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, बाटो अवरुद्ध हुँदा प्रहरी अझै पुग्न सकेन

म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, बाटो अवरुद्ध हुँदा प्रहरी अझै पुग्न सकेन

अविरल वर्षासँगै आएको बाढी र पहिरोले घर पुरिँदा म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा एक जनाको मृत्यु भएको छ ।
नागढुंगा सुरुङ उद्घाटन आज

नागढुंगा सुरुङ उद्घाटन आज