नेभिगेशन
समाज

तराई मधेसका सीमान्तकृत समूदायलाई मूलधारमा ल्याउनुपर्नेः उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समूदायलाई मूलधारमा ल्याउनुपर्ने आवश्यतामा जोड दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार ललितपुरमा राष्ट्रिय दलित आयोगको पञ्चबर्षिय रणनीतिक योजना सार्वजनिक तथा उजुरी व्यवस्थापन प्रणाली शुभारम्भ गर्दै उपराष्ट्रपति यादवले तराई मधेसका दलितहरु अझै पनि शिक्षा, स्वास्थ्य, राजनितिक आदीमा पहुँच रेखाभन्दा बाहिर सीमान्तकृत अवस्थामा रहेकाले उनीहरुलाई मुलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउन जरुरी रहेको बताएका हुन ।

Ncell
Extreme Energy

दलित– दलितबीच नै बिभेद र छुवाछुत रहेको अवस्थामा यसलाई हटाउन आयोगको अग्रसरताको खाँचो रहेको उनले बताए । उनले समाजमा विद्यमान बिसंगति र भेदभावलाई अन्त्य गर्ने चूनौतिहरुलाई समाधान गर्न दलित आयोग कटिबद्ध भएर लाग्नुपर्ने बताए ।

पञ्चबर्षिय रणनीतिक योजनाले आयोगको संस्थागत सुदृढिकरण, नीति तथा कार्यक्रमको कार्यान्वयन, जातिय भेदवाद र छुवाछुत अन्त्य गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला...
मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।