नेभिगेशन
समाज

नेपालको खेलकुद क्षेत्रमा राजनीति हावीः अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा राजनीति हावी भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौंमा एनओसीको २१ औं साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले खेल क्षेत्रमा राजनीति हावी भएका कारण अधिकांश विवादहरु अदालतमा पुगेको भन्दै यसले समग्र खेलकुदमा नै असर परिरहेको बताएका हुन ।

Ncell
Extreme Energy

एनओसीभित्र पनि अनावश्यक विवादका कारण आफ्नै घर हुँदा हुँदैपनि घरवारबिहीन हुनपुगेको उनले बताए । उनले नेपालको खेलकुलको बिकासका लागि प्रतिकुलताकाबीच पनि एनओसी सक्रिय भएर लागिरहेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले नेपालमा ओलम्पिकलाई चिनाउने काम आफुहरुले गरेको दावी गर्दै अन्तराष्ट्रिय जगतले पनि नेपालको ओलम्पिकलाई सकारात्मक रुपमा हेरिरहेको बताए । उनले खेलकुद संघ आफैमा स्वायत्त संस्था भएपनि राखेपले अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप लगाए ।

उनले केहि व्यक्तिको स्वार्थका कारण ऐनले तोकेको चार बर्षमा संघको निर्वाचन हुन नदिने काम भएको जिकिर गरे । श्रेष्ठले एसियन गेम्समा सहभागीताका लागि समेत खेलकुद मन्त्रालयसंग छलफल गर्ने जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला...
मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।