नेभिगेशन
समाज

चिराइतोको मूल्यमा गिरावट आउँदा किसान चिन्तित

भोजपुर । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि यस वर्ष प्रतिमन रु २८ देखि ३० हजारसम्म मात्र मूल्य पाइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिए ।

Ncell
Extreme Energy

उनका  अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुँदा किसानलाई ठूलो असर परेको छ । “गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य निकै घटेको छ”, राउतले भने, “मूल्य घटेपछि हामी किसानमा समस्या थपिएको छ ।”

मूल्य बढ्ने आशामा आफूले उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा सुरक्षित राखेको उनले बताए । हाल २० रोपनी क्षेत्रमा चिराइतोखेती गर्दै आउनुभएका राउतले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

उनका अनुसार मूल्यमा उतारचढाव भए पनि चिराइतोखेतीबाट वार्षिक औसत रु तीनदेखि चार लाखसम्म आम्दानी हुँदै आएको छ । तर यस वर्ष मूल्य घटिरहेमा आम्दानीमा ठूलो गिरावट आउने जोखिम रहेको उनको भनाइ छ ।

टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा, सावालगायत लेकाली क्षेत्रहरू चिराइतोखेतीका लागि उपयुक्त मानिन्छन् । यी क्षेत्रबाट वार्षिक करिब एक हजार मनको हाराहारीमा चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानले बताएका छन् ।

यहाँका अधिकांश किसानका लागि चिराइतो नगदे बालीका रूपमा स्थापित भइसकेको छ । स्थानीय जानकारहरूका अनुसार चिराइतो विभिन्न रोगको घरेलु उपचारका लागि उपयोगी मानिन्छ ।

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटसम्बन्धी समस्यालगायत रोगमा यसको पात, डाँठ र जरा प्रयोग गरिन्छ । औषधीय गुण उच्च भएकाले यसको माग देश तथा विदेशमा रहने गरेको छ ।

यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बङ्गलादेशलगायत मुलुकमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । यद्यपि अन्तरराष्ट्रिय बजारको मूल्य घटबढ, ढुवानी खर्च र उचित बजार व्यवस्थापन अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ ।

किसानहरूले सरकारले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुका साथै प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सहयोग गरेमा यसको व्यावसायिक खेती थप विस्तार गर्न सकिने बताएका छन् । स्थानीय तह र सम्बन्धित निकायको ध्यान नगदे बालीको संरक्षण र प्रवर्द्धनतर्फ जानुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् मिडिया र भाटभटेनी अगाडि बेवारिसे पार्किङ गरिएका गाडी (फोटो फिचर)

यी हुन् मिडिया र भाटभटेनी अगाडि बेवारिसे पार्किङ गरिएका गाडी (फोटो फिचर)

आज बिहानै पहिचान नखुलेका व्यक्तिहरुले कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि अव्यवस्थित रुपमा सवारी पार्किङ गरी छाडेका थिए ।
मिडियाको गेटमा राखेको गाडी ट्राफिकले उठाउँदै, न्युरोडमा पनि अस्तव्यस्त

मिडियाको गेटमा राखेको गाडी ट्राफिकले उठाउँदै, न्युरोडमा पनि अस्तव्यस्त

करिव चार घण्टापछि ट्राफिक प्रहरीले क्रेन लगाएर ती गाडी हटाउन थालेको हो । ‘हामीले क्रेन लगाएर ती गाडी हटाउँदै छौंँ’ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्लेले सिधाकुरासँग भने...
जर्मन कम्पनीले छाप्न थाल्यो राहदानी

जर्मन कम्पनीले छाप्न थाल्यो राहदानी

यस अघि राहदानी छपाइ गर्दै आएको फ्रान्सेली कम्पनी आइडेमियाबाट नेपालको राहदानी सम्बन्धी सबै डेटा नयाँ जर्मन कम्पनी म्युहलबौयर ( भेरिडोसको सिस्टममा  सारिएको छ  ।
विश्वप्रकाशले बालेनसँग राखे सहकार्यको प्रस्ताव, विषयको गम्भीरतालाई बुझ्न अपिल

विश्वप्रकाशले बालेनसँग राखे सहकार्यको प्रस्ताव, विषयको गम्भीरतालाई बुझ्न अपिल

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा आशा जगाउनका लागि आफूहरु सरकारसँग सहकार्य गर्न चाहेको बताएका छन् ।

भर्खरै