नेभिगेशन
समाज

सुनको मूल्य प्रतितौला दुई लाख ६२ हजार ५०० रुपैयाँ

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा शुक्रबार दुवै धातुको मोल केही बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Ncell
Extreme Energy

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद् बैठक बोलाउन सभामुखसँग कांग्रेसको माग, भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक

संसद् बैठक बोलाउन सभामुखसँग कांग्रेसको माग, भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक

सदन विपद्का कारण केही दिन स्थगित गरिएको भए पनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताए ।  जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्शको बैठकपछि संसद् आह्वान...
प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच के भयो छलफल ?

बाढी प्रभावितको खोजी, उद्धार र राहतमा तीन तहका सरकारहरुबीच समन्वयन नभएको तथा जलविद्युत आयोजनाका सुरुङमा फसेकालाई उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री र सत्तारुढ दलका...
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

केही समयमै तलतिरका घर, बस्ती र अन्य संरचना बाढीमा डुब्न थाले । उनीहरूले हेर्दाहेर्दै आफ्नै साथीहरूलाई बाढीले बगाएर बेपत्ता बनायो । “हेर्दाहेर्दै कति साथीहरू बगेर बेपत्ता भए ।...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।