नेभिगेशन
सबै कुरा

सिमकोटमा हिमपातले जनजीवन प्रभावित

सिमकाेट : हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय उपेश भण्डारीले  दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको बताए । यस वर्ष हिउँदयाममा पनि हिल्सामा होटल व्यवसायी बस्दै आएका छन् भने साथै सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएका छन् । हिल्सामा बिओपी स्थापना भएसँगै केही वर्षअघिदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिदै आएको छ ।

Ncell
Extreme Energy

पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो । जिल्लामा यतिबेला बिहान र रातिको समय तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ । चिसोमा सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

हिमपातले लिमी आवतजावत बन्द

गत सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ स्थित लिमी आवतजावत बन्द भएको छ । हिमालपारिको गाउँले चिनिएको लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेको जनाइएको छ ।  लिमीका स्थानीय निमा तामाङले  बाक्लो हिमपातको कारण लिमी आवत जावत बन्द भएको जानकारी दिए।

उहाँका अनुसार लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएको छ ।  लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम फोन भएको छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेको जानकारी दिए । 

लिमीका तिल, हल्जी र जाङ गाउँ छन् । स्थानीय हिमपातका कारण प्राकृतिक बन्दाबन्दीमा परेका छन् ।


सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए आगामी वैशाख–जेठसम्म लिमी आवत जावतमा समस्या हुने जनाइएको छ । हिउँद भर्खर सुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ । यसअघि नै गत कात्तिक अन्तिम साता लिमीको सुनखानीमा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

पूर्वमन्त्री कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमार्गको १२० मिटरभित्र आवाज पठाउँदा इको आएको बताएका छन् ।
सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका गुदेलस्थित हुङ्गा (हुङ्कु)खोला पहिरो खसेर थुनिएको छ ।
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।

भर्खरै