नेभिगेशन
समाज

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

काठमाडौँ । संघीय संसदका ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र मन्त्रालयका सचिव बोलाएर छलफल गर्दैछ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत भएको क्षति, उद्धार, राहत एवम् पुनःस्थापनाका सम्बन्धमा भएका/भइरहेका कार्य, कार्यसम्पादनका क्रममा देखा परेका समस्या/चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल हुने समितिले जनाएको छ । समितिको बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्दैछ । 

Ncell
Extreme Energy

विहान ९:३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिले  बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई यौन शोषण, हिंसा, दुर्व्यवहार तथा सबै प्रकारका उत्पीडनबाट संरक्षण गर्ने सम्बन्धमा छलफल गर्दैछ । 

विहान ९:३० बजे बस्ने अर्थ समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले , सचिव, कानुन मन्त्रालयका सचिव र राष्ट्र बैंकका प्रमुख बोलाएर नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल  गर्दैछ । 

दिउँसो १२:१५ बजे बस्ने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले विश्वयापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भिर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलन लगायत अन्तराष्ट्रिय कुटनीतिक प्रवर्द्धन सम्बन्धमा विषयविज्ञ एवं सरोकारवाला संघसंस्थासँग छलफल गर्दैछ । 

जलवायु परिवर्तनका कारणले नेपालले भोग्नु परेका विपद्जन्य समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामकारवाही र अन्तराष्ट्रिय कुटनीतिक पहल, जलवायु परिवर्तन अनुकूलन योजना,जलवायुजन्य विपद जोखिम व्यवस्थापन,जलवायु वित्तको प्राप्ति एवं उपयोगमा क्षमता अभिवृद्धि, जलवायु परिवर्तन सम्मेलन लगायतका अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालले उठाउनुपर्ने विषयबस्तु र यस क्षेत्रमा कार्यरत संघसंस्थाको भूमिका विषयमा छलफल हुने समितिले जनाएको छ । 

२ बजे बस्ने विधायन व्यवस्थापन समितिले “सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३” माथि दफावार छलफल गर्दैछ । 

दिउँसो १:३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सङ्घीयता कार्यान्वयन एवं सबलीकरण सम्बन्धमा विज्ञसँग छलफल  गर्दैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ ।
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ ।
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।