नेभिगेशन
मुख्य समाचार

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

काठमाडौँ । मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) बरामद भएको छ। नेपाल चीन नाकाबाट नेपालतर्फ प्रवेश गरेको भेपसहितको कन्टेनरलाई भर्खरै नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

नियन्त्रणमा लिइएको कन्टेनरमा १६ हजार थान बढी भेप रहेको स्रोतले सिधाकुरालाई बतायो । कोरला नाकाबाट १४ किलोमटर नेपालतर्फ उपल्लो मुस्ताङ क्षेत्रबाट भेप बरामद गरिएको प्रशासनले जनाएको छ। 

CG

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’

भेप तस्करीको सूचना पछि प्रशासन, भन्सार कार्यालय, जनपथ र सशस्त्र प्रहरीले चलाएको संयुक्त अप्रेसनमा उक्त मात्रामा भेप बरामद भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले पनि भेप सहितको कन्टेनर बरामद गरिएको र अहिले मुचुल्का गर्ने काम भइरहेको सिधाकुरालाई बताए । 
‘संयुक्त अप्रेसनमा १६ हजार थान भेपसहितको कन्टेनर बरामद भएको छ,’ उनले भने,‘अहिले मुचुल्का भइरहेको छ ।’   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

विशेष महाधिवेशनमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन...
महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’

महामन्त्री शर्माले पार्टीको विधानमा प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको उल्लेख गर्दै केन्द्रीय समितिमा ३० वर्षमुनिका २० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका २० गरी कूल ४०...
प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र इजरायली राजदूत बासबीच शिष्टाचार भेट

प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा...