नेभिगेशन
समाज

मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणमा भेप बरामद

काठमाडौँ । मुस्ताङमा कोरला नाकाबाट भित्रिएको ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) बरामद भएको छ। नेपाल चीन नाकाबाट नेपालतर्फ प्रवेश गरेको भेपसहितको कन्टेनरलाई भर्खरै नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियन्त्रणमा लिइएको कन्टेनरमा १६ हजार थान बढी भेप रहेको स्रोतले सिधाकुरालाई बतायो । कोरला नाकाबाट १४ किलोमटर नेपालतर्फ उपल्लो मुस्ताङ क्षेत्रबाट भेप बरामद गरिएको प्रशासनले जनाएको छ। 

Ncell
Extreme Energy

‘१६ हजार थान भेप सहित ना ६ ख ७५९१ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘अहिले मुचुल्काको काम भइरहेको छ।’

भेप तस्करीको सूचना पछि प्रशासन, भन्सार कार्यालय, जनपथ र सशस्त्र प्रहरीले चलाएको संयुक्त अप्रेसनमा उक्त मात्रामा भेप बरामद भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले पनि भेप सहितको कन्टेनर बरामद गरिएको र अहिले मुचुल्का गर्ने काम भइरहेको सिधाकुरालाई बताए । 
‘संयुक्त अप्रेसनमा १६ हजार थान भेपसहितको कन्टेनर बरामद भएको छ,’ उनले भने,‘अहिले मुचुल्का भइरहेको छ ।’   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...