नेभिगेशन
मुख्य समाचार

सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम  भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० त्यति नै चाँदीको मोल रु पाँच हजार ४८५ कायम भएको छ । बुधबार एक तोला सुन रु दुई ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ मा कारोबार  भएको थियो ।

CG

मङ्गलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो । गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३८ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् । माघे सकराती विशेषतः मगर जातिमा चेलिबेटीको...
काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचितद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम र तस्बिर बिहीबार बिहान पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो ।
गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

बिहीबार सभापति गगन थापाको सभापतित्वमा कुपण्डोलमा पार्टीको बैठका बसिरहेको हो । पार्टीले आगामी रणनीतिका विषयमा बैठक केन्द्रीत हुने बताइएको छ ।
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले  भने, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाउँछौं, यस...