नेभिगेशन
समाज

सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा बुधबार एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ । 

Ncell
Extreme Energy

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री  भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा...
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड,...