नेभिगेशन
मुख्य समाचार

तोलामा दुई हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८७० कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो ।

CG

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो ।

सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री  भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन घाइते

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका...
इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

झापाको क्षेत्र ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाह  बिहीबार इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम  २ का उम्मेदवार गोकुलबहादुर राई संग इलाम बजारमा भेट...
सात लाख १० हजार ७०८ मतदाता रहेको काठमाडौँमा प्रतिनिधिसभा सदस्यमा लागि २५७ जनाको उम्मेदवारी

सात लाख १० हजार ७०८ मतदाता रहेको काठमाडौँमा प्रतिनिधिसभा सदस्यमा लागि २५७ जनाको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।...
एक दशकको प्रतीक्षापछि आमाको नामबाट समिर र यास्मिनले पाए नागरिकता

एक दशकको प्रतीक्षापछि आमाको नामबाट समिर र यास्मिनले पाए नागरिकता

नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए । नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा...