नेभिगेशन
सबै कुरा

ललितपुरमा उभिन पुगेका ईः लाई स्थानियले लखेटे (भिडियाे सहित)

ललितपुर । फुटपाथ व्यवसायीको व्यवस्थापनको मागसहित ललितपुर महनगरको गेटमा उभिन पुगेका अभियन्ता ईः लाई पैदलयात्रीहरुले अवरोध गरेका छन् । ईः को विरुद्धमा पुगेका पैदलयात्रीहरुले फुटपाथ हिड्नको लागि भएको र हिड्न पाउने पैदलयात्रीको अधिकार हनन गर्न नहुने भन्दै अवरोध गरेका हुन् । 


Dish Home
Global Ime Bank

उनीहरुले बिभिन्न फ्लेक्स सहित ईः को अभियानको बिरोध गरेका छन् । फुटपाथमा व्यवसाय गर्दा पैदल यात्रीहरुलाई समस्या हुने उनीहरुको तर्क छ । त्यसैले फुटपाथमा व्ववसाय सञ्चालन गर्न दिन नहुने उनीहरुको भनाई छ । 

फुटपाथ व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले विकल्प नदिई बलजफ्ती हटाएको भन्दै उनीहरुको व्यवस्थापनको मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएका अभियन्टा ईः ललितपुर महानगरपालिका अगाडि पनि उभिने घोषण गरेका थिए । 

ललितपुर महानगरपालिकाले फुटपाथ व्यवसायले सडकपेटी अस्तव्यस्त बनेको भन्दै केही स्थानमा फुटपाथ व्यवसाय गर्न नदिने बताएसँगै उनले उक्त निर्णय पुनर्विचार गर्न अनुरोध गर्दै महानगर अगाडि उभिने निर्णय गरेका हुन् । उनले मंगलबार ३ बजेदेखि १०८ मिनेट उभिने बताएका थिए । 

उनले  ‘कर लेऊ, गरी खान देऊ, विस्थापन होइन, व्यवस्थापन गर।’ भन्ने माग सहित उभिने निर्णय गरेका थिए । तर उनले गर्न लागेकै बिरोधको बिरोध भएको छ । पैदलयात्री बताउनेहरुले उनको कार्यक्रममा अवरोध गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९४ करोड २८ लाख ५२...
हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि जान्छन् । काठमाडौँ–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक यो...
यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु

यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु

बुधबार सिंहदरबारमा असार ९ गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को प्रस्तावमा उक्त आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

बलात्कार मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका व्यक्तिसँग प्रहरी क्वार्टरमा पार्टी गरिएको घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान...