नेभिगेशन
सबै कुरा

दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।

विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको  पाइएपछि पुलको डिजाइन नै फेरिएको छ ।

Dish Home
Global Ime Bank

“पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने । विसं २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । विभिन्न बहाना बनाएर  निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत २४ करोड ५२ लाख रहेको छ । 

“हालसम्म रु १२ करोड भुक्तानी भइसकेको छ”, उनले भने। पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् । “लामो समय बितिसक्दा पनि पुल निर्माण भएन । अब त पुल बन्नेमा आशंका हुन थालेको छ”, लालझाडी–४ का कृष्ण राना भन्छन्।  

वर्षौँदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दैआएका छन् । “नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ”, लालझाडी–५ का धोके रानाले भने, “बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन ।”

स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको  २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मङ्गलबहादुर चौधरीले बताए ।  “वर्षातमा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले हटाउँछौँ”, उनले भने, “त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९४ करोड २८ लाख ५२...
हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि जान्छन् । काठमाडौँ–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक यो...
यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु

यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु

बुधबार सिंहदरबारमा असार ९ गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को प्रस्तावमा उक्त आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

बलात्कार मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका व्यक्तिसँग प्रहरी क्वार्टरमा पार्टी गरिएको घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान...