नेभिगेशन
समाज

काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आजदेखि सुरु

काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो सुरु भएको छ ।

स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म संचालन हुने छ ।

CG

महोत्सवको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी हुन । सो क्रममा डंगोलले महिला, युवा लगाएतको सशक्तिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्ने बताइन ।

आर्थिक रुपमा आत्मनिर्भरका साथै आफुसंग भएका सीपलाई आर्यआर्जनसंग जोड्नका लागि मेला महोत्सव महत्वपूर्ण हुने उनले बताइन । उनले काठमाडौं महानगरले पनि एक वडा एक नमूना उद्यमशील कार्यक्रम आयोजना गरिरहेको र गृहिणीहरुलाई सीप सिकाउने काम भइरहेको जानकारी दिइन ।

महोत्सवमा करिब दुईसय भन्दा बढी व्यावसायिक स्टलहरू रहेका छन् भने घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ तथा व्यवसायिक दृश्यता प्रदान समेत गरिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ...
सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ...
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।