नेभिगेशन
सबै कुरा

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

पर्सा : आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२  उद्योगले  लगत कट्टा गरिएका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

Dish Home
Global Ime Bank

घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

आव २०७९/८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिकवबर्ष २०७९/८० मा  एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो ।

उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९४ करोड २८ लाख ५२...
हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि जान्छन् । काठमाडौँ–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक यो...
यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु

यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु

बुधबार सिंहदरबारमा असार ९ गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को प्रस्तावमा उक्त आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

बलात्कार मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका व्यक्तिसँग प्रहरी क्वार्टरमा पार्टी गरिएको घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान...