नेभिगेशन
मुख्य समाचार

सुनको मूल्यमा नयाँ रेर्कड, आज तोलको ३ लाख ३९ हजार ३ सय पुग्यो

काठमाडौँ । स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ ।

CG

बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो ।

यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

कागबेनी–मुक्तिनाथ अवरुद्ध सडक सञ्चालनमा नआएसम्म मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित रहने व्यवस्थापक भुसालले बताए ।मङ्गलबार रातिको भारी हिमपातका कारण मुक्तिनाथ क्षेत्र पूरै हिउँले ढाकिएको छ । हिमपातका...
दरबारमार्ग रहेको उडल्याण्ड होटलमा आगलागी

दरबारमार्ग रहेको उडल्याण्ड होटलमा आगलागी

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार बिहान १०ः१५ बजे आगलागी भएको हो ।
स्कुटर दुर्घटनामा युवतीको मृत्यु

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो ।
रास्वपाले गठन गर्याे ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति

रास्वपाले गठन गर्याे ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति

समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन्। पार्टी संगठन सुदृढ गर्दै प्रतिनिधि सभामा आवश्यक शक्ति र संख्या प्राप्त गर्ने उद्देश्यसहित समिति गठन गरिएको पार्टीले जनाएको छ ।